यस्तो छ ‘फिरफिरे फिरिरी’को शीर्ष गीत
काठमाडौँ । हरर कमेडी जनरामा बनेको फिल्म ‘फिरफिरे फिरिरी’को शीर्ष गीत सार्वजनिक गरिएको छ । गीतमा प्रशान्त सिवाकोटीको शब्द, सङ्गीत छ, भने स्वर भरत अधिकारी, प्रशान्त सिवाकोटी, टिकाराम श्रेष्ठ र रोषा फुयाँलको छ ।
सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकार मनोज कुमार अधिकारी, सन्दीप श्रेष्ठ, भावना उप्रेती लगायत फिचर्ड छन् ।
बिन्दबासिनी क्रियसनको ब्यानरमा निर्माण गरिएको फिल्म मनोज कुमार अधिकारीले निर्माण गरेका हुन् । ‘नौ डाँडा पारी’, ‘मंगलसुत्र’ निर्माण गरेका निर्माता अधिकारी करिव १५ बर्षपछि फेरी फिल्म निर्माणमा फर्किएका हुन् ।
सन्दीप श्रेष्ठ र नवीन भट्टको लेखन रहेको फिल्मले दर्शकलाई पूर्ण मनोरञ्जन प्रदान गर्नेमा बताइन्छ । फिल्मबाट सन्दीप श्रेष्ठ र भावना उप्रेतीले नेपाली रजतपटमा डेब्यु गर्दैछन् । फिल्म कार्तिक २२ गते छठ पर्वको दिनबाट प्रदर्शनमा आउनेछ ।
फिल्ममा मनोज, सन्दीप, भावनाको अलावा शंकर सेढाई, पिटर प्रिन्स, रबिना केसी,पुष्प अवस्थी, सूर्यमान लिम्बु लगायतका कलाकारको अभिनय छ ।
जितु तामाङको छायाङ्कन, रोशन दास, प्रकाश दाहाल र अग्नि सुवेदीको सहायक निर्देशन, केशव राज भट्टको कोरियोग्राफी, प्रशान्त सिवाकोटीको सङ्गीत, अनन्त घिमिरेको सम्पादन रहेको फिल्म देशभर आर.आर फिल्मसले वितरण गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेशकी श्रीमतीले काठमाडौँबाटै लिइन् नागरिकता
-
बागलुङ बजारका धारामा दशकौँदेखि धमिलो पानी
-
१० बजे १० समाचार : गणेश नेपालीको परिवारसँग ९ बुँदे सहमति, संविधान संशोधनमा बिच्किए पुराना दल
-
रवि–बालेन भेट : आत्मदाह घटनादेखि सुकुमबासी व्यवस्थापनबारे छलफल
-
फेरान टोरेसको पीएसजी स्थानान्तरण चर्चा
-
भाषा र संस्कृति संरक्षणमा जुट्दै तनहुँका गुरुङ समुदाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण