फ्रेन्ड्स अभिनेता म्याथ्यु पेरीको मृत्युको मामिलामा डाक्टरद्वारा आरोप स्वीकार
बिहीबार, १७ असोज २०८१, १३ : ०७
वासिङ्टन । अभिनेता म्याथ्यु पेरीको लागुऔषधसम्बन्धी मृत्युको घटनामा उनका डाक्टरले आफूमाथि लगाइएका आरोप स्वीकार गरेका छन् । लस एन्जल्सको अदालतमा डा.मार्क चाभेजले पेरीलाई षडयन्त्रपूर्वक सर्जिकल एनेस्थेटिक केटामिन दिएको आरोप स्वीकार गरेका हुन् । ५४ वर्षीय चाभेजको केटामिन क्लिनिक रहेको छ ।
उनले पेरीको हेरचार गरिरहेका डा.साल्भाडोर प्लासेन्सियालाई उक्त औषधि बिक्री गरेका थिए । एनबीसीको चर्चित सिरिज फ्रेन्ड्सका अभिनेताको मृत्युको मामिलामा चाभेजसहित ५ जनाविरुद्ध मुद्दा दायर भएको छ ।
५४ वर्षीय अभिनेता सन् २०२३ को अक्टोबरमा दक्षिणी क्यालिफोर्नियामा रहेको घरको जकुजीमा मृत फेला परेका थिए । पोस्टमार्टममा उनको रगतमा अधिक मात्रामा केटामिन पाइएको थियो । यसैको प्रभावका कारण पेरीको मृत्यु भएको पोस्टमार्टममा बताइएको थियो । -बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु र शंकरको गृह–प्रदेशका अधिकांश नेता ओलीलाई बिदाई गर्ने पक्षमा
-
अभियान र नारा खाँदेर पोखराका मेयरले प्रस्तुत गरे नीति तथा कार्यक्रम
-
प्रतिनिधि सभाको अर्को बैठक शुक्रबार : ९ वटा कार्यसूची तय
-
‘यो कठपुतली सरकार हो, जगमै खोट छ’
-
पोखरा महानगरले अनलाइनबाट गुनासो लिने, सेवा प्रवाहलाई व्यवस्थित बनाउन लाइन बस्ने अभियान चलाइने
-
न्यायाधीशको हस्ताक्षर कीर्ते गर्ने अधिकारी जेल चलान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण