दिव्या र विभा ‘मिस एन्ड मिसेज हेरिटेज इन्टरनेशनल नेपाल’ घोषित
काठमाडौँ । ‘मिस हेरिटेज इन्टरनेशनल नेपाल २०२४’को शीर्ष उपाधि दिव्या पात्राले जितेकी छन् । आइडियल मोडल कलेजमा अध्ययनरत पात्राले आगामी नोभेम्बरमा थाइल्यान्डमा आयोजना हुने ‘मिस हेरिटेज इन्टरनेशनल २०२४’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।
ग्रीन आर्ट्स मिडिया प्रालिको आयोजनामा बुधबार अबेर साँझ हेरिटेज गार्डन सानेपामा आयोजित जोय ‘मिस एन्ड मिसेस हेरिटेज इन्टरनेशनल नेपाल २०२४’मा मिसेस तर्फको उपाधि भने विभा बस्नेतले जितेकी छन् । बस्नेतले पनि आगामी नोभेम्बरमा थाइल्यान्डमा आयोजना हुने ‘मिसेज हेरिटेज इन्टरनेशनल २०२४’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।
त्यस्तै, प्रतियोगितामा ‘मिसेस अर्थ एलिट नेपाल २०२४’को उपाधि रोशनी महर्जनले हात पारिन् । महर्जनले आगामी नोभेम्बरमा फिलिपिन्समा आयोजना हुने ‘मिसेस अर्थ एलिट २०२४’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।
प्रतियोगितामा ‘मिस हेरिटेज इन्टरनेशनल नेपाल’ तर्फ आइडियल मोडल कलेजकी जसु महर्जन फष्टरनरअप बन्दा पबस कलेजकी प्रत्युषा नेपाली सेकेन्ड रनरअफ घोषित भइन् ।
प्रतियोगितामा मोष्ट ट्यालेन्ट जासु महर्जन, मोष्ट फ्रेड्ली , रोशनी महर्जन, मोष्ट डिसिप्लेन सान्ड्रिया राई, बेष्ट वाक दिव्या पात्रा, बेष्ट पफमर विभा बस्नेत, बेष्ट स्माइल लिलि राई, चार्मङ पर्सनालिटी सितल बल, बेष्ट स्क्रिन प्रत्युषा नेपाली, बेष्ट हेयर रिभिमा बिसुंके, मोष्ट इन्सपाइरिङ गंगा पुरी चुनिए ।
अनिला श्रेष्ठ नेशनल निर्देशक तथा कोरियोग्राफर रहेकी प्रतियोगितामा अजय पीडि खनाल (संस्थापक महसचिव (टीयु लायन्स ब्लड ट्रान्सफ्युजन एन्ड रिसर्च सेन्टर¬¬) प्रमुख अतिथि रहेको प्रतियोगितामा लुनिमा तुलाधर (कलाकारतथा मिडियाकर्मी), सोफिया भुजेल ‘मिस युनिभर्स नेपाल २०२२’, दिवास योन्जान (आइएसओ लेखा परिक्षक) र क्याथरिन दाहाल (मेकअप आर्टिस) निर्णायक रहेका थिए ।
‘मिस एन्ड मिसेज हेरिटेज इन्टरनेशनल नेपाल २०२४’ युनेस्कोको ऐतिहासिक र महत्वपूर्ण सम्पदा सूचिमा परेका विश्वका विभिन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवद्र्धनका लागि प्रारम्भ गरेको ई–प्लानेटद्धारा सञ्चालित अन्तर्राष्ट्रिय प्रतियोगिता ‘हेरिटेज इन्टरनेशनल’का लागि प्रतिनिधित्व छान्ने उद्देश्यले आयोजना भएको आयोजक ग्रीन आर्ट मिडियाका सीईयो प्रविन लाकौले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी र अघोषित लोडसेडिङले धनगढीको जनजीवन अस्तव्यस्त
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण