माटो खन्ने क्रममा माथिबाट आएको ढुङ्गाले च्यापिएर सुर्खेतमा एकको मृत्यु
बिहीबार, १७ असोज २०८१, १६ : ३७
सुर्खेत । घर सजावटका लागि माटो खन्ने क्रममा माथिबाट खसेको ढुङ्गाले च्यापिएर सुर्खेतमा एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गुर्भाकोट नगरपालिका–६ बस्ने ३८ वर्षीया ज्योति ओली रहेकी छन् ।
सुर्खेत प्रहरीका अनुसार ज्योति बिहीबार बिहान सोही नगरपालिकाको वडा नम्बर ७ मा रहेको सानोठकेनीमा माटो ल्याउन गएकी थिइन् ।
खोलाको छेउमा माटो खन्ने क्रममा माथिबाट खसेको ढुङ्गाले च्यापेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृत
-
बेल्जियम चम्किएको दिन, तीनवटै आयोजक राउन्ड १६ बाट आउट
-
लालबन्दीका होटलमा गृहमन्त्री महतोको आकस्मिक अनुगमन
-
नेपालमा कीटजन्य विशेषज्ञको चरम अभाव, महामारी नियन्त्रणमा चुनौती
-
आँधीले १२औँ तलाबाट मान्छे उडाएपछि...
-
लुम्बिनीमा निर्माण सामग्री गुणस्तर परीक्षण प्रयोगशाला सञ्चालन गर्न सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण