सिस्नेरी एकेडेमीका मृतक खेलाडीका परिवारलाई राहत वितरण
हेटौँडा । गत शनिवार मकपानपुरको इन्द्रसरोवरस्थित टेकरमा खसेको पहिरोमा परी ज्यान गुमाएका मकवानपुरका दुईजना खेलाडीको परिवारलाई राहत वितरण गरिएको छ । नेपाल सरकारका तर्फबाट मकवानपुरका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थपान समिति मकवानपुरका संयोजक तीर्थराज चिलुवालले मृतकको घरमै पुगेर राहत उपलब्ध गराएका छन् ।
प्रजिअ चिलुवालले हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ का अनुपम घलान र मकवानपुर गढी गाउँपालिका वडानम्बर ४ का साइमन योञ्जनका परिवारलाई रहात रकम हस्तान्तरण गरेका हुन् । उनले मृतक अनुपमका बाबु ललित घलान र साइमनका बुबा हेमबहादुर योञ्जनलाई २÷२ लाख रुपैयाँको चेक प्रदान गरेका छन् ।
यस्तै उक्त पहिरोमा परी ज्यान गुमाएका सिस्नेरीका दिवस बानियाँको परिवारलाई आजै शुक्रबार सिस्नेरीस्थित घरमा पुगेर राहत रकम हस्तान्तरण गर्ने प्रजिअ चिलुवालले जानकारी दिए । गत ११ र १२ असोजमा परेको अविरल वर्षाका कारण मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ टेकरमा आएको पहिरोमा परी मकवानपुका ३ सहित ६ जना खेलाडीको मृत्यु भएको थियो ।
मृत्यु हुने अन्य खेलाडीमा बाराको निजगढका बिकल रेग्मी, सर्लाहीका आदित्य बलम्पाखी र काठमाडौँका प्रियान्स आचार्य रहेका छन् । उनीहरु एन्फा एकेडेमीले मकवानपुरको इन्द्रसरोवर ३ मा रहेको वत्सला माविमा सञ्चालनन गरेको एकेडेमीमा अध्य्यनसँगै फुटबल प्रशिणमा रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण