भलिबल खेलाडी कोलम्बोमा, लगेज काठमाडौँ विमानस्थलमै !
काठमाडौँ । सम्बन्धित निकायको चरम लापरबाहीका कारण काभा यू–२० पुरुष भलिबल प्रतियोगितामा सहभागी हुन कोलम्बो पुगेका नेपाली टोलीका खेलाडी समस्यामा परेका छन् । नेपाली खेलाडीहरू बिहीबार साँझ श्रीलङ्काली एयरलाइन्समार्फत कोलम्बो प्रस्थान गरेका थिए ।
नेपाली भलिबल टोली कोलम्बो पुगे पनि उनीहरूको लगेज भने काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै छुटेको छ । खेलाडीको मात्र नभई त्यो विमानबाट यात्रा गर्ने अधिकांश यात्रुको लगेज काठमाडौँमै छुटेको बताइएको छ ।
काभा यू–२० पुरुष भलिबल प्रतियोगिता कोलम्बोमा आइतबार सुरु हुँदैछ । तर, खेलाडीले खेलका क्रममा लगाउने पोसाकदेखि लिएर अभ्यासका लागि आवश्यक सामाग्रीहरू सबै लगेजसँगै नेपालमै छुटेपछि खेलाडीहरू समस्यामा परेका हुन् ।
‘खेलाडीको लगेज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै छुटेपछि कोलम्बोमा खेलाडीले नियमित अभ्यास पनि गर्न नपाउने अवस्था आएको छ । त्यसमाथि आइतबारदेखि प्रतियोगिता पनि सुरु हुँदैछ । हाम्रा व्यवस्थापक, प्रशिक्षक र खेलाडीले कोलम्बोबाट तारन्तार खबर गरिरहेका छन्,’ नेपाल भलिबल सङ्घका अध्यक्ष जितेन्द्रबहादुर चन्दले रातोपाटीसँग भने ।
अध्यक्ष चन्दले आफूहरूले भारतको दिल्ली हुँदै खेलाडीका खेलाडी आवश्यक खेल सामाग्री कोलम्बो पठाउने तयारी गरिरहेको जानकारी पनि दिए । ‘खेलाडीको लगेज छुटेपछि हामी चिन्तामा छौँ । भारतको दिल्ली हुँदै खेलाडीका लागि आवश्यक सामाग्री कोलम्बो पठाउने तयारी अगाडि बढाइसकेका छौँ,’ उनले भने ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्याण्डलिङको जिम्मा नेपाल एयरलायन्सले लिएको छ । रमाइलो कुरा ते के भने, नेपाल एयरलाइन्सको ग्राउन्ड सपोर्ट डिपार्टमेन्टका निर्देशक डोलेश्वर कोइराला भने यस विषयमा आफूलाई कुनै जानकारी नै नभएको बताउँछन् ।
यसैगरी, श्रीलंकन एयरलाइन्सको नेपाल प्रतिनिधि जेनिथ ट्राभल एन्ड टुर्सका प्रतिनिधिले पनि खेलाडी र अन्य यात्रुको लगेज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै छुटेको विषयमा आफूलाई कुनै जानकारी नभएको बताउँदै यस विषयमा थप प्रश्न नसोध्न आग्रह गरे ।
उक्त विमानमार्फत कोलम्बो प्रस्थान गरेको नेपाली खेल टोलीका एक खेलाडीका अनुसार, बिहीबार दिउँसो १३ः२० बजे उड्नु पर्ने विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साँझ १८ः०० बजेमत्र उडेको थियो ।
यसैबीच समाचार प्रकाशित भइसकेपछि श्रीलंकन एयरलाइन्सले विमानमा प्राविधिक कारणले लखनउ डाइभर्ट भएको र पछि लगेज लैजान सक्ने अवस्था रहेकोले यात्रुसँगै लगेज नगएको दाबी गरेको छ । एयरलाइन्सको नेपालका लागि बिक्री प्रबन्धक दीपक मैनालीले उक्त लगेज भारत हुँदै श्रीलंका पठाइएको र श्रीलंकन समयअनुसार राति १० बजे पुग्ने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण