कृषि उत्पादन बढाएर आयात प्रतिस्थापन गर्नुपर्छ ः उपाध्यक्ष घिमिरे
सुनसरी । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले कृषि उत्पादन बढाउने र आयात प्रतिस्थापन गर्नुपर्ने कुरामा जोड दिएकी छिन् ।
सुनसरीको तरहरामा रहेको प्रादेशिक कृषि अनुसन्धान केन्द्रको शुक्रवार र शनिवार अवलोकन गर्दै बढ्दो आयातलाई आयात प्रतिस्थापन गर्नका लागि कृषि उत्पादन बढाउनुपर्नेमा जोड दिएकी हुन् ।
उपाध्यक्ष घिमिरेले नेपालमा कृषि उत्पादन बढाउन सकिने ठुलो सम्भावना भए पनि आयातमा निर्भर रहनु विडम्बना भएको बताउँदै सबै खाले कृषि उत्पादन बढाउनका लागि योजना र कार्यक्रम तय गरिनुपर्छ भनिन् ।
‘नेपालमा कृषि उत्पादन बढाउने सम्भावना छ तर उत्पादन वृद्धि र आयात प्रतिस्थापन प्रमुख चुनौतीको रूपमा देखिएको छ’, उनले भनिन् ‘खाद्यान्न, फलफूल, दूध र मासु उत्पादन बढाउन सकेमा वैदेशिक व्यापार घाटा धेरै घटेर जानेछ।’ तीनै तहका सरकारको प्रमुख जोड नै कृषिमा आयात प्रतिस्थापन गर्ने र निर्यात बढाउने हुनुपर्छ उनको भनाइ थियो ।
प्रादेशिक कृषि अनुसन्धान केन्द्रमा भैँसीका विकास कार्यक्रमको अनुगमन गरेकी थिइन । साथै उनले अनुसन्धान केन्द्रले सीमित स्रोत साधनको बाबजुद अनुसन्धानका क्षेत्रमा गरेको प्रयासको सरहना गर्दै समस्याहरू समाधानका लागि सरोकारवाला निकायको ध्यानाकर्षण गराउने प्रतिबद्धता पनि जनाइन् ।
अवलोकनमा राष्ट्रिय सभाकी सदस्य रुक्मिणी कोइरालालगायत स्थानीय तहका जनप्रतिनिधि पनि सहभागी थिए । अनुसन्धान केन्द्रका प्रादेशिक प्रमुख गोविन्द तिम्सिना र जुट विकास कार्यालयका प्रमुख सन्तोष त्रिपाठीले कार्यक्रमहरूका बारेमा जानकारी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ३१ जना पक्राउ
-
अनुमतिबिना भारतीय हेलिकोप्टर नेपाली आकाशमा
-
मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै
-
प्रेमराजादेखि विश्व दोङसम्म, तीन दिन दरबार रोधीमा लोकसंगीतको उत्सव
-
दुई मन्त्रीलाई छेउमा राखेर बालेनले लेखे– देश बनाउने टोली
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण