त्रिवि डीन कार्यालयलाई स्ववियुले बुझायो ध्यानाकर्षणपत्र
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले डीन कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत ईन्स्टिच्युट अफ साईन्स एण्ड टेक्नोलोजी (आईओएसटी) का डीन प्राडा बिनिल अर्याललाई स्ववियुले ज्ञापनपत्र बुझाएको हो।
बिएस्सी सीएसआईटीमा भर्ना जारी छ । राज्यले शैक्षिक क्षेत्रमा गरेको लगानी अनुसार विद्यार्थीहरूलाई सहुलियत दिनुपर्ने बेला त्रिभुवन विश्वविद्यालयका सम्बन्धन प्राप्त निजी कलेजहरूले विभिन्न बहानामा अन्यायपूर्ण शुल्क निर्धारण र शुल्क वृद्धि गर्ने गरेको भन्दै उनीहरूले ध्यानाकर्षण गराएका हुन्।
BSc. CSIT अध्यापन गराइने सबै सम्बन्धन प्राप्त निजी कलेजहरूमा ४ वर्षको शुल्कको निश्चित मापदण्ड तयार पारेर १५ दिनभित्र पठाउन गराउन उनीहरूले आग्रह गरेका हुन्।
निजी कलेजले मापदण्ड विपरीत शुल्क लिएको प्रमाण पाइएमा, त्यसको तुरुन्तै फिर्ता गर्नुपर्ने व्यवस्था मिलाउन समेत अनुरोध गरेका छन्। आफुहरूले अघि सारेका मागलाई बेवास्ता गरेमा, देशभरको स्वतन्त्र विद्यार्थी युनियन आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण