एसिया रग्बी सेभेन्समा फिलिपिन्सलाई दोहोरो उपाधि
काठमाडौँ । चाइनिज ताइपेईलाई पराजित गर्दै फिलिपिन्सले एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी–२०२४ को पुरूषतर्फको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको फाइनल खेलमा फिलिपिन्सले चाइनिज ताइपेईलाई २७–१४ को स्कोरले पराजित गर्दै उपाधि हात पारेको हो ।
खेलको सुरूआतदेखि नै चाइनिज ताइपेईलाई फिलिपिन्सले दबाबमा राख्न सफल भएको थियो । उक्त दबाब अन्तिमसम्म कायम राख्दै फिलिपिन्स विजेता बन्यो । यसैगरी भारतलाई पराजित गर्दै फिलिपिन्सले एसिया रग्बी इमिरेट्स–२०२४ को महिलातर्फको उपाधि जितेको छ । भारतलाई ७–५ को स्कोरले पराजित गर्दै फिलिपिन्सले उपाधि हात पारेको हो ।
इन्डोनेसियालाई पराजित गर्दै गुआमले भने एसिया रग्बी इमिरेट्स–२०२४ मा तेस्रो स्थान हात पारेको छ । गुआमले इन्डोनेसियालाई २२–१९ ले पराजित गरेको हो । इन्डोनेसियाले सुरूआतीदेखि नै गुआमसँग प्रतिस्पर्धात्मक खेल पस्किएको थियो ।
सेमिफाइनलमा फिलिपिन्ससँग इन्डोनेसिया १९–१० ले पराजित भएको थियोे । गुआम भने भारतसँग २४–७ ले पराजित हुन पुग्यो ।
‘च्यालेन्ज थर्ड’ मा नेपाल पराजित
नेपालको पुरूष टोली एसिया रग्बी इमिरेट्स–२०२४ ‘च्यालञ्ज थर्ड’ मा पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा अफगानिस्तानसँग नेपाल २२–५ को स्कोरमा पराजित भएको हो ।
एक समय नेपालले खेलमा पुनरागमन गरिसकेको थियो । त्यतिखेर नेपाल र अफगानिस्तानको स्कोर ५–५ थियो । नेपाल त्यही ५ स्कोरमा रोकिँदा अफगानिस्तानले भने थप १७ स्कोर जोड्यो । योसँगै नेपाल २२–५ को स्कोरमा पराजित हुन पुग्यो ।
यसअघि नेपाल ‘च्यालेन्ज’ मा कतारसँग ३३–० ले पराजित भएको थियो । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, नेपाल रग्बी सङ्घका अध्यक्ष दीपक देवकोटाले पुरस्कार प्रदान गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण