इजरायली सेनाले ध्वस्त पार्यो हिजबुल्लाहको २५० मिटर लामो सुरुङ

बेरुत । हिजबुल्लाहविरुद्ध इजरायलको आक्रमण जारी छ । यसैबिच इजरायली रक्षा बल (आईडीएफ) ले उत्तरी सीमा नजिक रहेको हिजबुल्लाहको २५० मिटर लामो सुरुङ नष्ट गरिदिएको छ । यो सुरुङको उद्देश्य अक्टोबर ७ को जस्तै हमला गर्नु भएको आईडीएफको भनाई छ ।
गएको हप्ताको अन्त्यमा एक निर्णायक अभियान अन्तर्गत आईडीएफले इजरायलको उत्तरी सीमा नजिक हिजबुल्लाहले बनाएको २५० मिटर लामो सुरुङ खोजेर नष्ट गरिदिएको थियो ।
यो सुरुङ व्यापक स्तरमा सहजै हमला गर्ने उद्देश्यले बनाइएको भनिएको छ । सुरुङ अक्टोबर ७ को जस्तै हमला गर्न बनाइएको तर यस्तो गल्ती नगर्न इजरायली प्रवक्ताले भनेका छन् । जसले पनि इजरायली नागरिकलाई क्षति पुर्याइरहेका छन्, उनीहरूले भारी मूल्य चुकाउनु पर्ने चेतावनी ती प्रवक्ताले दिएका थिए ।
उता, इजरायली वायुसेनाले पनि आफूले लेबनानबाट भएको हमलालाई रोकिदिएको दाबी गरेको छ । वायुसेनालाई हमलाको अलर्ट प्राप्त भएको थियो । अलर्ट पाए लगत्तै सेना सक्रिय बनेको थियो । हमला इजरायली क्षेत्रसम्म नपुगेकोले कुनै हताहत नभएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम सर्वसम्मतबाट पारित
-
चितुवाको आक्रमणबाट ६ वर्षीय बालकको मृत्यु
-
जुम्लामा हिमानी र हृदयेन्द्रद्वारा सिँचाइ पोखरीको उद्घाटन
-
‘लगानी सहजीकरण र औपचारिक अर्थतन्त्र विस्तारमा उल्लेख्य सुधार’
-
इन्द्रसरोवरमा पानीको सतह घट्दै
-
बालुवाटारमा मन्त्रिपरिषद् बैठक, के गर्ला निर्णय ?