चिनियाँ ह्याकरहरूले अमेरिकी दूरसञ्चार कम्पनीलाई बनाए निशाना
वाशिङटन । चीन सरकारसँग सम्बन्धित ह्याकरहरूको समूहले पछिल्ला केही दिनयता कयौँ अमेरिकी दूरसञ्चार कम्पनीहरूमाथि हमला गरेका छन् । अमेरिकी सञ्चारमाध्यमका अनुसार अत्यधिक कुशल ह्याकरहरूले अमेरिकाका प्रमुख दूरसञ्चार कम्पनीलाई निशाना बनाएका थिए ।
खबरका अनुसार चिनियाँ ह्याकरहरूले वायरट्याप वारेन्ट अनुरोधमा समेत पहुँच बनाएको हुनसक्छ । यस ह्याकिङमा भएको क्षतिबारेमा अझै अनुसन्धान भइरहेको छ । चिनियाँ ह्याकरहरूले अमेरिकाका प्रमुख दूरसञ्चार कम्पनीहरू एटीएन्डटी, भेरिजोन र लुमेनलगायत कयौँ प्रमुख ब्रोडब्यान्ड र इन्टरनेट प्रदायक कम्पनीहरूलाई निशाना बनाएका छन् ।
बढ्न सक्छ अमेरिका र चीनबिच तनाव
चिनियाँ ह्याकरहरूको घुसपैठले सम्भावित राष्ट्रिय सुरक्षा जोखिमबारे अमेरिकी अधिकारीहरूबिच गम्भीर चिन्ता खडा गरेको छ । अमेरिकी टेलिकम्युनिकेसन कम्पनीहरूमा चिनियाँ ह्याकरहरूले गरेको यो साइबर हमला अत्यन्त आधुनिक र परिष्कृत भएको खबर आएका छन् ।
यसले साइबर जासुसी र विभिन्न सुरक्षा मुद्दाहरूमा चीन र अमेरिकाबिच जारी तनावलाई अझ बढाउन सक्छ । अमेरिकी दूरसञ्चार उद्योगले त्यहाँको इन्टरनेट र फोन सञ्चारको मेरुदण्ड हो । टेलिकम कम्पनीहरूसँग कलर र प्रयोगकर्ताका धेरै डाटा छन् । त्यसैले साइबर आक्रमणको निशानामा दूरसञ्चार कम्पनी पर्ने गरेका छन् ।
साइबर आक्रमणको सिकार भएका एटीएन्डटी र लुमेन दुवैले यस विषयमा कुनै टिप्पणी गरेका छैनन् । भेरिजोनले पनि सञ्चार माध्यमहरूले सोधेका प्रश्नहरूको जवाफ दिन अस्वीकार गरेको छ । अमेरिकी न्याय मन्त्रालय र एफबीआईले यी हमलाबारे अनुसन्धान गरिरहेका छन् ।
वासिङ्टन डिसीमा रहेको चिनियाँ दूतावासले साइबर आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गरेको छ । चिनियाँ राजदूतले यस विषयमा चीनलाई बदनाम गरेको आरोप लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाद्वारा इरानको चाबहार समुद्री नियन्त्रण टावरमा तेस्रोपटक आक्रमण
-
३ प्रतिशत ‘शिक्षा समता शुल्क’ तत्काल खारेज गर्न क्रान्तिकारीको माग
-
कोशी नदीमा जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन
-
दरौँदी नदीमा मलामी बेपत्ता
-
विश्वकपबाट कसले कमायो, कसले गुमायो ?
-
शनिबार रातिदेखि मौसमी प्रणाली थप सक्रिय हुने : सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण