नेपाल प्रिमियर लिग क्रिकेट : जनकपुर बोल्ट्सले १५ लाखमा किन्यो अनिलकुमार साहलाई
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) मा अनिलकुमार साहले जनकपुर बोल्ट्सबाट खेल्ने भएका छन् । एनपीएलका लागि आइतबार काठमाडौँमा आयोजित खेलाडी अक्सन (खरिद–बिक्री) प्रक्रियामा अनिललाई जनकपुर बोल्ट्सले १५ लाख रुपैयाँमा खरिद गरेको हो ।
यसैगरी, नारायण जोशीलाई पोखरा एभेन्जर्सले खरिद गरेको छ । पोखरा एभेन्जर्सले उनलाई १० लाख रुपैयाँमा खरिद गरेको हो । शंकर राणालाई काठमाडौँ गुर्खाजले नौ लाख ५० हजारमा किनेको छ । यसैगरी, जितेन्द्रकुमार मुखियाले भने विराटनगर किङ्सबाट आगामी एनपीएल खेल्ने भएका छन् । अक्सनमा उनलाई विराटनगर किङ्सले पाँच लाख रुपैयाँमा खरिद गरेको हो ।
अक्सनमा एक सय ४२ जना खेलाडी सहभागी छन् । एनपीएल क्रिकेट आगामी मंसिर १६ गतेदेखि काठमाडौँमा सुरु हुँदैछ । एनपीएलमा आठ टोली सहभागी छन् । सहभागी टोली विराटनगर किङ्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, काठमाडौँ गुर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026