मन्त्री राणाद्वारा इजरायल र लेवनानमा विकसित अवस्थाबारे राजदूतहरूसँग संवाद
आइतबार, २० असोज २०८१, १६ : ५३
काठमाडौँ । परराष्ट्रमन्त्री आरजु देउवा राणाले इजरायल र लेवनानमा विकसित पछिल्लो परिस्थिति र त्यहाँ रहेका नेपाली नागरिकहरुको अवस्थाका बारेमा सम्बन्धित देशका राजदूतहरुसँग जानकारी लिएकी छन् । मन्त्री राणाले आइतबार इजिप्ट, इजरायल र पाकिस्तानका नेपाली राजदूतहरुसँग जानकारी लिएको सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छन् ।
‘उहाँहरुले ती देशमा नेपालीहरु अहिलेसम्म सुरक्षित रहनुभएको र अप्ठेरोमा परेका नेपालीहरुलाई सम्पर्कमा आउन सार्वजनिक सूचनामार्फत् आह्वान गरिएको जानकारी गराउनुभयो’, राजदूतहरुको भनाइ उधृत गर्दै मन्त्री राणाले आवश्यकताअनुसार नेपाली नागरिकहरुलाई सहयोग र समन्वय गर्न तथा उद्धार गरेर स्वदेश ल्याउनुपर्ने अवस्था भए त्यसका लागि समेत आवश्यक गृहकार्य गरी मन्त्रालयलाई निरन्तर जानकारी गराउन भनेको बताएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण