कांग्रेसको वातावरण विभागद्वारा पार्टी कार्यालय र वरपरको परिसर सरसफाइ
काठमाडौँ । नेपाली कांग्रेस, वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागले केन्द्रीय कार्यालय र कार्यालय वरपरको परिसरमा सरसफाइ गरेको छ ।
केही दिनअघिको अविरल वर्षा र विभिन्न नदीमा आएको बाढी र पहिरोले बगाएर ल्याएको फोहोरहरू तत्काल सफा गर्न आवश्यक देखिएकाले कांग्रेसले केन्द्रीय कार्यालय परिसर र वरपरको सरसफाइ गरेको पार्टीका उपसभापति धनराज गुरुङले जानकारी दिए ।
उनले भने, ‘गएको ११ र १२ गते अविरल वर्षाको कारण नदीमा आएको बाढीको कारण कार्यालय परिसर र वरपर जताततै ढल पानी पस्दा एक दमै धेरै फोहोर भएको थियो। नेपाली कांग्रेसको केन्द्रीय सदस्य कल्यान गुरुङको संयोजकत्वमा वातावरण तथा जलवायु परिवर्तन सरोकार विभाग छ । त्यसकै समन्वयमा सफा गरिरहेका छौं ।’
यसै सिलसिलामा विभागले नेपाली कांग्रेस, केन्द्रीय कार्यालय, सानेपा, ललितपुर परिसर, पार्टी कार्यालय वरपरको परिसर, बागमती किनाराको पनि सरसफाइ गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
-
१ दशमलव ५ गुणाले बढ्यो इरानको तेल आम्दानी
-
प्रधानमन्त्री समक्ष व्यवसायीको गुनासो : ‘कच्चा पदार्थ बाहिरिँदा स्वदेशी प्लाइउड उद्योग संकटमा’
-
प्रहरीले तयार पार्यो अपराध गर्न सक्ने १८ सय ७१ जनाको क्रिमिनल प्रोफाइल
-
नयाँ प्रणालीबाट ८ हजारभन्दा बढी राहदानी छापियो, प्राविधिक समस्या समाधान भइरहेको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण