श्रीमतीको हत्या गरी फरार एक जना भक्तपुरबाट पक्राउ
सोमबार, २१ असोज २०८१, १४ : ३०
काठमाडौँ । श्रीमतीको हत्या गरी फरार एक जना भक्तपुरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट दुप्चेश्वर गाउँपालिका-७ घर भएका जितबहादुर भन्ने काले तामाङ रहेका छन् ।
गत वैशाख १९ गते दक्षिणकाली नगरपालिका-६ बस्ने ४५ वर्षीया डोल्मा शेर्पाको आफ्नै डेरा कोठामा मृत फेला परेकी थिइन् । घटनाबारे अनुसन्धान गर्दा शेर्पालाई उनकै पति जितबहादुरले कुटपिट गरी हत्या गरेको खुल्न आएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिए ।
घटनापछि जितबहादुर भने फरार भएका थिए । उपरीक्षक जिसीका अनुसार उनी उपत्यकाका विभिन्न ठाउँमा लुकीछिपी बस्दै आएकोमा आइतबार कार्यालयको टोलीले भक्तपुर नगरपालिका-१० छालिङबाट पक्राउ गर्न सफल भएको हो ।
जितबहादुरलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको लागी प्रहरी वृत्त कीर्तिपुर पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण