काभ्रेको पिपलचौरका बाढी पीडितको खानेपानीका लागि दुर्गेशले गरे सहयोग
काठमाडौँ । बाढी पहिरोको ठुलो विपत्तिले सबभन्दा धेरै प्रभावित बनेको काभ्रेपलान्चोकको पिपलचौरमा खानेपानीको समस्यामा परेका स्थानीयलाई गायक तथा मोडल दुर्गेश थापाले सहयोग गरेका छन् । सामाजिक कार्यमा सक्रिय हाम्रो टिम नेपालको समन्वयमा नयाँ पाइप जडान गरेर खानेपानीको सहज आपूर्तिको लागि दुर्गेशले नगद ५० हजार सहयोग गरेका हुन् ।
‘बाढी पहिरोले काभ्रे पिपलचौरमा पाइप बगाएर खानेपानीबाट वञ्चित बनेका स्थानीयहरूलाई खानेपानीको सहजताको लागि व्यक्तिगत तर्फबाट ५० हजार सहयोग गरेको छु’, उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘अफ्ट्यारोमा परेकाहरूको दुःखमा मल्हम लगाउनु हामी सबैको कर्तव्य हो ।’ आज अरूलाई परेको अफ्ट्यारो भोली जसलाई पनि पर्नसक्छ, समस्यामा परेकाहरूसँग हातेमालो गर्दै अघि बढ्नु नै मानवता रहेको उनको धारणा रहेका छ ।
दुर्गेश यतिबेला दसैँको अवसरमा विभिन्न ठाउँमा आयोजित सांगीतिक कार्यक्रममा व्यस्त छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण