अमेरिकी अदालतमा गुगललाई झट्का
वाशिङटन डीसी । अमेरिकाको एक अदालतले घरेलु बहुराष्ट्रिय प्रविधि कम्पनी गुगललाई ठुलो झट्का दिएको छ । एन्ड्रोइड स्मार्टफोन अपरेटिङ सिस्टम प्रतिद्वन्द्वी एप स्टोरमा खोल्न अदालतले गुगलका नाममा आदेश जारी गरेको छ ।
फोर्टनाइटको निर्माता एपिक गेम्सले प्रतिस्पर्धा विरोधी कानुन मिचेको भन्दै गुगलविरुद्ध अदालतमा मुद्दा दायर गरेको थियो । जसमा क्यालिफोर्नियाको न्यायाधीसहरूले गुगलले आफ्नो एन्ड्रोइड प्ले स्टोर मार्फत एकाधिकार स्थापित गर्न खोजिरहेको स्वीकार गरेका थिए ।
गुगलले एन्ड्रोइड फोनमा आफ्नो एप स्टोरलाई एकाधिकार बनाउन विभिन्न रणनीतिक विधिहरू प्रयोग गरिरहेको ठहर गरिएको थियो । गुगलले अदालतको यो निर्णयविरुद्ध गुगलले पुनरावेदन गरेको छ । आगामी तीन वर्षसम्म प्रतिस्पर्धा विरोधी गतिविधिबाट गुगललाई प्रतिबन्ध लगाइएको छ । यी प्रतिबन्धहरू अन्तर्गत गुगलले आफ्नो आम्दानीको जानकारी प्रतिस्पर्धीहरूसँग पनि शेयर गर्नु पर्नेछ ।
न्यायाधीशले तीन सदस्यीय समिति गठन गर्न पनि आदेश दिएका छन् । यसअघि अगस्टमा अर्को एक मुद्दामा गुगललाई झट्का लागेको थियो । त्यतिबेला न्यायाधीशले गुगलले बजारमा एकाधिकार स्थापना गरिरहेको स्वीकार गरेका थिए । गुगलले भर्जिनियामा अनलाइन विज्ञापनलाई लिएर अविश्वासको मुद्दा पनि सामना गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
-
इतर पक्षको सर्वमान्य नेता बन्दै डा. शेखर, पार्टी टुक्रेको दाबी
-
संविधान संशोधनबारे एमालेले के–के गर्यो निर्णय
-
५५ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधि लागु भए स्वास्थ्य क्षेत्रका झन्डै एक हजार जनशक्ति बाहिरिने
-
‘समय बलवान छ, सुर्य फेरि उदाउँछ’
-
रास्वपा महामन्त्रीको अभिव्यक्तिप्रति त्रिवि स्ववियुको आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण