कुलेश्वर फलफूल बजार अनुगमनका क्रममा अभद्र व्यवहार गर्ने व्यवसायीलाई कारबाही गरिने
काठमाडौँ । बजार अनुगमनका क्रममा सरकारी टोलीमाथि अभद्र व्यवहार गर्ने व्यवसायीहरूलाई प्रशासनले कानुन बमोजिम कारबाही गर्ने भएको छ । आइतबार कालीमाटी र कुलेश्वरमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको बजार अनुगमनका क्रममा व्यवसायीहरूले असहयोग गरेका थिए ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसमेत संलग्न भएको उक्त अनुगमनमा मन्त्री भण्डारी फर्केपछि केही व्यवसायीले कर्मचारीमाथि नै अभद्र व्यवहार गरेका थिए ।
सोमबार व्यवसायी सहित कालीमाटी फलफूल तथा तरकारी विकास समिति अध्यक्ष, काठमाडौँका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र वाणिज्य विभाग लगायतका नियमनकारी निकायले कानुन अनुसार कारबाही गर्ने निर्णय गरेका हुन् ।
व्यवसायीहरूले अहिले मात्रै नभई विगतमा समेत असहयोग र अभद्र व्यवहार गर्दै आएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताए । व्यवसायीले अनुगमन प्रभावित गर्ने क्रियाकलाप गरेमा उनीहरूको दर्ता खारेजी गरिने प्रजिअ आचार्यले बताए ।
सोमबार नियमनकारी निकायले गरेका निर्णयहरूमा अनिवार्य रूपले मूल्य सूची राख्नुपर्ने, अनुगमनमा अनिवार्य रूपले सहयोग गर्नुपर्ने, अनुगमनमा असहयोग गरेका व्यवसायीलाई नियम बमोजिम कारबाही गर्ने, सम्पूर्ण व्यवसायीले कारोबारको बिलबीजक अनिवार्य रूपले राख्नुपर्ने, विकास समितिको परिसर भित्रको सरसफाइमा विशेष ध्यान दिने लगायत रहेका छन् ।
आइतबार मन्त्री भण्डारीले गरेको छड्के अनुगमनका क्रममा माछा पसल र तरकारी पसलमा सरसफाइ नगरेको भेटिएको थियो भने अस्वभाविक मूल्यवृद्धि गरेको पाइएको थियो । मन्त्री भण्डारीले कालोबजारी र अस्वभाविक मूल्यवृद्धि गर्ने व्यवसायीलाई तत्काल कारबाही गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । उनले बजार पारदर्शी बनाउन कुनै कसर बाँकी नराखिने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण