समाचार
तेल ट्यांकरमा लुकाएर गाँजा तस्करी, २ जना पक्राउ
मङ्गलबार, २२ असोज २०८१, १६ : ४७
काठमाडौँ । पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरमा लुकाएर तस्करी गरिएको गाँजा मकवानपुरबाट प्रहरीले बरामद गरेको छ । मंगलबार बिहान हेटौंडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोष्टबाट ३९२ किलो गाँजा बरामद गरिएको मकवानपुरका एसपी विश्वराज खड्काले रातोपाटीलाई बताए ।
पालुङबाट वीरगन्ज जाँदै गरेको ना.७ ख १७७१ नम्बरको ट्याांकरभित्र लुकाएको अवस्थामा सो गाँजा भेटिएको हो । गाँजा ओसारपसारमा संलग्न दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मनहरी घर भएका ट्यांकर चालक २६ वर्षीय रोशन पुरी र सहचालक २२ वर्षीय धनबहादुर मल्ल छन् ।
ट्यांकरको पाँचवटा डिब्बाहरुमध्ये ३ नम्बर डिब्बामा २५ वटा पोका बनाएर लुकाएको अवस्थामा गाँजा बरामद गरिएको एसपी खड्काले जानकारी दिए । आरोपीहरुविरुद्ध प्रहरीले लागु औषध सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मुख्यमन्त्री कँडेलले दिए राजीनामा
-
ग्वार्डिओलाले अस्वीकार गरेपछि पिर्लो बने इटालीको मुख्य प्रशिक्षकका प्रमुख दाबेदार
-
राजधानीको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिला फेला
-
नयाँ शक्तिहरूको उदय र पतन नाटकीय हुन्छ : एमाले महासचिव
-
सानेपामा ‘श्रावण मेला’ सुरु : मेहेन्दी, भजन कन्सर्ट र सिङ्गारका स्टलमा आकर्षण
-
६–६ महिनामा प्रदेश सरकार फेर्नुभन्दा स्थायी गठबन्धन बनाएर चलाऔँ : डा.भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण