नाबालिगहरूलाई ठमेलको डिस्को प्रवेश गराउने २ जना पक्राउ
काठमाडौँ । काठमाडौँको ठमेल एरियामा रहेका डान्सबार, क्लब लगायतका मनोरञ्जन स्थानहरूमा उमेर नपुगेका बालबालिकाहरूलाई प्रवेश गराउने तथा काममा लगाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका-२४ धापाखेल घर भएका ३१ वर्षीय सनिप महर्जन र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-४ घर भएका २९ वर्षीय सन्देश थापा छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उमेर नपुगेका बालबालिकाहरूलाई रात्रिकालिन मनोरञ्जनस्थलमा प्रवेश गराएको अवस्थामा काठमाडौँ महानगरपालिका-१६ ठमेलस्थित सेनेट क्लब र फायर डिस्को थेक क्लबबाट उनीहरूलाई पक्राउ गरेका हुन् ।
महर्जन र थापालाई बालबालिका सम्बन्धी ऐन २०७५ को परिच्छेद ८ बमोजिमको कसुरमा अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर, काठमाडौँ पठाइएको छ । दुई क्लबबाट उद्धार गरिएका नाबालिगहरूलाई अभिभावकको जिम्मा लगाइएको प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्याण्डको दोस्रो गोल, फ्रान्सविरुद्ध २–० को बलियो अग्रता
-
तेस्रो मिनेटमै डिक्लान राइसको गोल: फ्रान्सविरुद्ध इङ्गल्याण्डलाई सुरुवाती अग्रता
-
प्रतिष्ठाको लडाइँः फ्रान्स र इङ्गल्याण्डबिच विश्वकपको तेस्रो स्थानका लागि खेल सुरु
-
फ्रान्स र इङ्गल्याण्डबीचको खेलका लागि दुवै टोलीको सुरुवाती ११ सार्वजनिक
-
मुक्ति घोषणा भएको चार वर्ष: हरवाचरवा समुदाय पहिचानबाट वञ्चित
-
पशुपति क्षेत्रमा सरसफाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण