इनिएस्टाद्वारा फुटबलबाट संन्यासको घोषणा
बार्सिलेना । स्पेनका पूर्व विश्वविजेता खेलाडी आन्द्रेस इनिएस्टाले ४० वर्षको उमेरमा फुटबलबाट संन्यास लिएका छन् । बार्सिलोनामा आयोजित समारोहमा संन्यासको घोषणा गर्दा इनिएस्टा निकै भावुक बनेका थिए । उनले अब प्रशिक्षणमा करियर अघि बढाउने पनि बताए ।
फुटबलको इतिहासमा महान् मिडफिल्डरमध्ये एक मानिने इनिएस्टाले स्पेनका लागि १ सय ३१ खेल खेलेका छन् । उनले सन् २०१० फिफा विश्वकपको फाइनलमा विजयी गरेका थिए भने सन् २००८ र २०१२ को युरोपियन च्याम्प्यिनसिप पनि जितेका थिए ।
ला मासियाबाट ग्राजुएट भएका इनिएस्टाले आफ्नो २२ वर्षीय फुटबल करियरको लामो समय बार्सिलोनामा बिताए । सन् २००२ मा सिनियर डेब्यु गरेका उनले क्लबसँग २९ वटा उपाधि जित्न सफल भए । यसमा ९ वटा ला लिगा र चारवटा च्याम्पियन्स लिगको उपाधि रहेका छन् ।
सन् २०१८ मा इनिएस्टा जापनिज टोली भिसेल कोबेमा आबद्ध भएका थिए । सन् २०२३ मा उनी युनाइटेड अरब इमिरेट्समा यूएई प्रो लिग टोली इमिरेट्समा आबद्ध भए ।
उनी सन् २०१० को बालोन डी’ओरमा दोस्रो भएका थिए भने सन् २००९ देखि २०१७ सम्म लगातार ९ वर्ष फिफा फिफप्रो वर्ल्ड ११ मा समावेश भएका थिए ।
बीबीसी स्पोर्ट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
-
विश्वका उत्कृष्ट ५ 'अन-टाइम पर्फर्मेन्स' विमान कम्पनीको सूचीमा एअर इन्डिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण