छायाङ्कनका क्रममा इमरान हाशमी घाइते
बुधबार, २३ असोज २०८१, ०९ : ३९
मुम्बई । तेलुगु फिल्म गुडाचारी–२ को सुटिङका क्रममा अभिनेता इमरान हाशमी गम्भीर घाइते भएका छन् । अभिनेता आफैले स्टन्ट गरिरहेका बेला उनको घाँटीमा चोट लागेको बताइएको छ ।
यसको तस्बिर पनि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । हमरान हाशमीको यो तस्बिर देखेपछि अभिनेताका फ्यानहरू निकै दुखी भएका छन् । उनीहरूले शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
बलिउडपछि इमरान हाशमी अब साउथ फिल्ममा आफ्नो जादु देखाउन तयार छन् । चाँडै नै अभिनेता साउथको सुपरहिट फिल्म ‘गुडाचरी’ को दोस्रो भागमा देखिनेछन् ।
यसअघि उनी सलमान खान र कट्रिना कैफको फिल्म टाइगर ३ मा देखिएका थिए । जसमा उनले खलनायकको भूमिका निर्वाह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु र शंकरको गृह–प्रदेशका अधिकांश नेता ओलीलाई बिदाई गर्ने पक्षमा
-
अभियान र नारा खाँदेर पोखराका मेयरले प्रस्तुत गरे नीति तथा कार्यक्रम
-
प्रतिनिधि सभाको अर्को बैठक शुक्रबार : ९ वटा कार्यसूची तय
-
‘यो कठपुतली सरकार हो, जगमै खोट छ’
-
पोखरा महानगरले अनलाइनबाट गुनासो लिने, सेवा प्रवाहलाई व्यवस्थित बनाउन लाइन बस्ने अभियान चलाइने
-
न्यायाधीशको हस्ताक्षर कीर्ते गर्ने अधिकारी जेल चलान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण