उदयपुरमा श्रीमतीको हत्यापछि टाउको बोकर हिँडेको अवस्थामा युवक पक्राउ
काठमाडौँ । उदयपुरमा श्रीमतीको हत्या गरेर टाउको बोकेर बजारमा हिँडिरहेका एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रिवेणी नगरपालिका–६ जलजले बस्ने ३६ वर्षीय जङ्गबहादुर घिसिङ छन् ।
मंगलबार साँझ साढे ६ बजेतिर उनले पत्नी २८ वर्षीया प्रमीला लामाको हत्या गरेका हुन् । हत्यापछि टाउको लिएर हिँडेको अवस्थामा उनलाई पक्राउ गरिएको उदयपुरका एसपी हरिहर योगीले रातोपाटीलाई बताए ।
भारतबाट असोज १३ मा घर आएका जङ्गबहादुरले विवादपछि पत्नीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । प्रमीला त्रिवेणी नगरपालिका–६ जलजलेमा चिया व्यापार गर्थिन् ।
उनीहरूका दुईजना बच्चा छन् । शमशेर तामाङको घरमा डेरा लिएर प्रमीलाले चियाको व्यापार गर्दै आएकी थिइन् ।
चिया बेचेर कोरियन भाषा पनि सिक्दै गरेकी उनका दुई छोरा ४ र १ कक्षामा पढ्छन् । दम्पतीको बिचमा करिब दुई वर्षदेखि राम्रो सम्बन्ध थिएन ।
सम्बन्ध सुधारेर सँगै बस्नेबारे छलफल हुँदा उनीहरूको बिचमा विवादपछि हत्या भएको थाहा भएको छ । हत्या गरेपछि उनले खुकुरीले टाउको काटेर बोकेर हिँडेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले करिब १ किलोमिटर परबाट पक्राउ गरेको एसपी योगीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल अरनिको यातायात सेवा प्रा.ली.समक्ष ८ बुँदे माग प्रस्तुत
-
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत पुराना कर्मचारीको सम्पत्ति छानबिन हुने
-
आगामी मौद्रिक नीतिमा राष्ट्र बैंकले लिनुपर्ने ७ एजेन्डा
-
सुदूरपश्चिमका ओलम्पियन खेलाडीहरू नगदसहित सम्मानित
-
कर्णालीमा असारे विकास : २१ दिनमा ३ अर्ब २० करोड बढी खर्च
-
ट्रम्पद्वारा अमेरिकाको स्थापना र स्वतन्त्रताको प्रशंसा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण