फूलपातीदेखि विजयादशमीसम्मको मौसम: कहाँ–कहाँ वर्षाको सम्भावना ?
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले फूलपातीदेखि विजयादशमीसम्मको तीन दिनको मौसम पूर्वानुमान गरेको छ ।
बुधबार मध्याह्न १२ बजे दसैँ विशेष बुलेटिन जारी गर्दै महाशाखाले असोज २४ गते फूलपाती, २५ गते नवमी र २६ गते विजयादशमीका दिन कोशी प्रदेश र मधेस प्रदेशसहित बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहने जनाएको छ ।
यस्तै कोशी प्रदेश र मधेस प्रदेशका थोरै स्थानहरूका साथै बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहने जनाएको छ ।
बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ । साथै उक्त दिनहरूमा अधिकांश स्थानहरूमा अधिकतम तथा न्यूनतम तापक्रम सरदर भन्दा थोरै घट्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले यससम्बन्धी आवश्यक जानकारी क्रमशः अद्यावधिक गरिँदै जाने पनि बुलेटिनमा उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सैयारा’ को सफलतापछि पुनः पर्दामा जोडिँदै अहान र अनीत
-
छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै दुर्व्यवहार, कर्मचारीद्वारा विरोध
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण