गौशाला धर्मशालामा काठमाडौँ महानगरपालिकाले राख्यो आफ्नो बोर्ड (तस्बिरहरू)
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गौशाला धर्मशालामा आफ्नो बोर्ड राखेको छ । मारबाडी सेवा समितिको विरोधका बीच महानगरपालिकाले ‘पशुपति गौशाला धर्मशाला’ को बोर्ड हटाएर आफ्नो नयाँ बोर्ड राखेको हो।

पुरानो बोर्ड हटाएर ‘काठमाडौँ महानगरपालिकाद्वारा सञ्चालित गौशाला धर्मशाला’ लेखिएको बोर्ड राखिएको महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।

पशुपति क्षेत्र विकास कोष र काठमाडौँ महानगरपालिकाबिच सातबुँदे सहमति भएपछि पशुपति गौशाला धर्मशाला खाली गराउने तयारी थालिएको छ ।

पशुपति गौशाला धर्मशाला सञ्चालन र व्यवस्थापन गर्ने सन्दर्भमा कोष र महानगरबीच सात बुँदे सहमति भएपछि महानगरको प्रहरी टोली बुधबार बिहानै गौशाला पुगेको थियो । महानगरको टोली त्यहाँ पुग्दा मारवाडी सेवा समितिका पदाधिकारीले विरोध गरेका थिए भने उनीहरुले हट्नका लागि पत्र मागिरहेका छन् ।
यसैबीच पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले गौशाला धर्मशालाको घरजग्गालाई काठमाडौँ महानगरपालिकाले गौशाला धर्मशाला तथा सामाजिक, धार्मिक कार्य तथा सेवाका लागि आवश्यक पूर्वाधारको विकास गरी सञ्चालन तथा व्यवस्थापन गर्ने सहमति भएको बताए।








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण