ठमेलको क्लबमा बालबालिका प्रवेश गराउनेहरू विरुद्ध प्रहरीले थाल्यो अनुसन्धान
काठमाडौँ । ठमेलस्थित रात्रि क्बल सिनेट र फायर डिस्कोमा बालबालिकालाई प्रवेश गराउने दुई जना विरुद्ध प्रहरीले अनुसन्धान थालेको छ । काठमाडौँ जिल्ला अदालतबाट जरुरी पक्राउ पुर्जी समर्थन गराएर काठमाडौँ प्रहरीले अनुसन्धान थालेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले ठमेलस्थित सिनेट क्लबमा कार्यरत सुर्खेत घर भएका सन्देश थापा र फायर डिस्कोमा कार्यरत ललितपुर घएका सनिप महर्जनलाई पक्राउ गरेको थियो । उनीहरू दुवै जना कर्मचारी हुन् । दुई वटा क्लबबाट १८ वर्ष भन्दा कम उमेरका ३ किशोरी र दुई जना किशोरलाई उद्धार गरेर अभिभावको जिम्मा लगाइएको एसपी आचार्यले जानकारी दिए ।
कानुन अनुसार १८ वर्षमुनिका बालबालिकालाई रात्रि क्लबमा प्रवेश गराउन मिल्दैन । काठमाडौँ प्रहरीले आरोपीहरू विरुद्ध बालबालिका सम्बन्धी ऐन–२०७५ अनुसारको कसुरमा अनुसन्धान गरिरहेको छ । सो कसुरमा ३ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण