देशभरका सडकमार्ग : कुन खुल्ला‚ कता अवरोध ?
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय कार्यालय सार्वजनिक गरेको सूचना अनुसार हालसम्म काभ्रेको रोशी गाउँपालिकाको भ्याकुर खोला पुल पूर्ण रूपमा अवरोध रहेको छ । बीपी राजमार्गमा अवस्थित यो पुल केही समय अघिको बाढी पहिरोले क्षति पुर्याएको हो ।
केन्द्रीय प्रहरी कार्यालयले शुक्रबार दिउँसो जारी गरेको विज्ञप्ति अनुसार सिन्धुपाल्चोक जिल्लाको भोटेकोसी गाउँपालिका २ स्थित लिपिङ पुल पनि पूर्ण अवरोध छ । यस्तै रामेछाप जिल्लामा पर्ने मन्थली नगरपालिका ६ स्थित सुनकोशी पुल र जिल्लाकै खाँडा देवी गाउँपालिका १ मा पर्ने खाँडाचक्र स्थित खाँडा चक्र पुल पनि पूर्ण रूपमा अवरोध रहेको छ ।
- यी हुन् एक तर्फी खुलाइएको बाटो
प्रहरीले सार्वजनिक गरेको बिहान १० बजे सम्मको अपडेट अनुसार रोशी गा.पा.८ चारसयवेशीमा बीपी राजमार्ग एकतर्फी सुरु भएको छ । यस्तै रोशी गा.पा. ११ कालढुङ्गा‚ रोशी गा.पा.०७ घुमाउने एकतर्फी सुचारु आएको हो । यस्तै काभ्रेकै पाँचखाल न.पा. ५ हनुमान गढ केराघारी, अरनिको राजमार्ग पनि एकतर्फी सञ्चालनमा आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण