उपेन्द्रको साथ छाडेर अशोककहाँ पुगे दीपक

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालका मधेस प्रदेश समितिका सदस्य एवं पर्सा जिल्ला सह-इन्चार्ज दीपक यादवसहितका नेताहरू अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
जसपाले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा जसपा नेपालका अध्यक्ष दीपक यादवसहित पर्सा जिल्ला सदस्य विश्वनाथ यादव, पटेर्वा सुगौली पालीकाका अध्यक्षलगायतका नेताहरू जसपामा प्रवेश गरेका हुन् ।
जसपाका उपमहासचिव प्रदीप यादव एवं खानेपानी मन्त्री प्रदीप यादवले जसपा नेपालको मधेस प्रदेश कमिटी सदस्य समेत रहेका दीपक यादव जस्ता कर्मठ, अनुभवी नेताको आगमनले आफ्नो पार्टीलाई अझ बलियो बनाउँदै मधेसको विकास, जनताको अधिकार, र समृद्धिका लागि संघर्षलाई नयाँ ऊर्जा दिने विश्वास लिएको बताए ।
कार्यक्रममा खानेपानी मन्त्रीसहित वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, जसपाका केन्द्रीय सदस्य मोहनलाल चौधरीज्यू, पूर्व प्रदेशसभा सदस्य जनत अन्सारी, जिल्ला समन्वय समिति पर्साका सभापति निरञ्जन साह सोनारलगायतको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठ दाउराका लागि मात्रै भेला र साधारणसभा नगर्नुहोस् : प्रमुख संरक्षण अधिकृत
-
प्रधानन्यायाधीश नेतृत्वको टोलीद्वारा बेलायतमा भेटघाट
-
भरतपुर अस्पतालमा ‘एमबिबीएस’ कार्यक्रम सञ्चालनका लागि प्रस्ताव गरेका छौँ : मन्त्री पौडेल
-
ट्याक्टरले ठक्कर दिँदा जन्ती गइरहेकी एक महिलाको मृत्यु, एक घाइते
-
बालाजुस्थित करिडोर सडक डुबानमा (तस्बिरहरु)
-
१० बजे १० समाचार : दुई घण्टासम्म ओली–देउवा वार्ता, एमाले महासचिवको प्रस्तावलाई ओलीले गरे अस्वीकार