चीनले किन समात्यो आइफोन बनाउने कामदार ?
बेइजिङ । चिनियाँ प्रहरीहरूले एप्पलका लागि करारमा आइफोन बनाइदिने कम्पनी फक्सकोनका कामदारहरूलाई पक्राउ गरेका छन् । यस घटनालाई ताइवानले ‘अनौठो’ भनेको छ । हेनान प्रान्तको चङचोउमा ती कर्मचारीहरूलाई पक्राउ गरिएको हो ।
विश्वास तोडेको अभियोगमा उनीहरूलाई पक्राउ गरेको ताइवानको मुख्यभूमि मामिला परिषद्ले एउटा विज्ञप्तिमा भनेको छ । फक्सकोन एप्पलका लागि करारमा आइफोन बनाइदिने सबैभन्दा ठुलो कम्पनी हो । यो विश्वको सबैभन्दा ठुलो रोजगारदातामध्ये एकमा पनि पर्दछ । यसका अधिकांश कारखाना चीनमै छन् ।
कम्पनीको चेङचउमा रहेको कारखाना आइफोन बनाउने विश्वको सबैभन्दा ठुलो कारखाना हो । यही कारखानाका कारण चेङचउलाई आइफोन सिटी पनि भन्ने गरिएको छ । गएको वर्ष अक्टोबरमा चीनको कर तथा भू अधिकारीहरूले कम्पनीमाथि छानबिन सुरु गरेका थिए । त्यतिबेला फक्सकनका संस्थापक टेर्री गोउ ताइवानको राष्ट्रपति निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा उठेका थिए ।
पछिल्लो समय मुख्यभूमि चीनको साथसाथै हङकङ र मकाउसँग पनि ताइवानको सम्बन्ध चिसिएको छ । यस्तोमा ताइवानले आफ्ना नागरिकलाई अत्यावश्यक नपर्दासम्म यी ठाउँको भ्रमण नगर्न भनेको छ । चीनसँग ताइवानको भूराजनीतिक दरार भएपनि कयौँ ताइवानी कम्पनीहरूले चीनमा कारखाना चलाइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण