एमालेको निर्णयः एकीकृत पार्टीको केन्द्रीय समिति ४४१ सदस्य, चुनाव चिन्ह सूर्य
काठमाडौं– नेकपा एमालेले पार्टी एकतापछि निर्माण हुने नयाँ पार्टीको केन्द्रीय समितिको खाका तयार गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले नयाँ बन्ने पार्टी केन्द्रीय समितको खाका तयार गरेको हो ।
बैठकले प्रस्तावित पार्टीको स्थायी समितिमा ४३ जना रहने निर्णय गरेको छ । जसमा एमालेको तर्फबाट २५ जना रहने र माओवादी केन्द्रको तर्फ १८ जना रहने निर्णय गरेको छ । त्यस्तै केन्द्रीय समितिमा ४४१ जना रहने निर्णय गरेको छ, जसमा एमालेको तर्फबाट २ सय ४१ र माओवादी केन्द्रको तर्फबाट २ सय जना रहने निर्णय गरेको हो । पार्टीको चुनाव चिन्ह भने सूर्य रहने एमाले सचिव योगेश भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार भोलीनै निर्वाचन आयोग पुगेर नयाँ पार्टी दर्ता गर्ने तयारी गरिएको छ ।
त्यस्तै, उपाध्यक्ष वामदेव गौतमले भोलीनै पार्टी एकता हुने बताएका छन् । बैठक सकिएलगत्तै बाहिरिने क्रममा उपाध्यक्ष गौतमले भने, बिहीबार बिहान पार्टी एकता संयोजक समितिको बैठक बस्छ र दिउँसोसम्ममा पार्टी एकताको घोषणा हुन्छ ।
यसअघि आज विहान प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्डबीच अन्तिम छलफल भएपछि भोलि पार्टी एकता गर्ने सहमति बनेको थियो । भोली एमालेका दिवंगत नेता स्व.मदन भण्डारीको २५ औं स्मृति दिवस समेत हो । बिहान प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीचको वान टु वान वार्ता भएको थियो ।
विहानको वान टू वान बैठकपछि ओली र प्रचण्डले हर्षित मुद्रामा फोटो खिचाएका थिए । भोली हुने ‘पार्टी एकता घोषणाका लागि दुवै पार्टीले आन्तरिक तयारीलाई तिव्र पारेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण