नहरमा मूर्ति सेलाउने क्रममा बेपत्ता भएका किशोर मृत फेला
शनिबार, २६ असोज २०८१, १७ : ४४
वीरगन्ज । पर्साको डोकैला बहुअरीस्थितको नहरमा मूर्ति सेलाउने क्रममा बेपत्ता भएका किशोर मृत्त फेला परेका छन् । मृत्यु हुनेमा पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ४ डोकैला बहुअरीका शीवचन्द महत्तो धानुकका छोरा १८ वर्षीय अजितकुमार महत्तो धानुक रहेका छन् ।
शनिबार दिउँसो डोकैला बहुअरीमा पर्ने बलिरामपुर गाउँ नजिकको गण्डक नहरमा दुर्गा भवानीको मूर्ति सेलाउन साथीहरूसँगै नहरमा पसेका बेला डुबेर अजितको मृत्यु भएको हो । नहरमा डुबेका अजितलाई सँगै रहेका साथीहरूले उद्धार गरेर नहरबाहिर निकाले पनि उनको मृत्यु भइसकेको थियो ।
घटनास्थलमा प्रहरी पुगिसकेको र मृतकको शव पोस्टमार्टमका लागि वीरगन्जको नारायणी अस्पतालमा ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण