चट्टान तोडेर जोडियो सडकसँग मुड्केचुलाका तीन वडा
सुर्खेत । चट्टानका कारण निर्माणमा ढिलाइ भएको डोल्पाको मुड्केचुला गाउँपालिकाको मालुवाकुना सडक निर्माण सम्पन्न भएको छ । करिब पाँच किलोमिटर चट्टानले भरिएको सडक जगदुल्ला जलविद्युत आयोजनाले निर्माण गरेको हो ।
भेरी करिडोर सडकखण्डको तीन जिल्लाको सङ्गमस्थल त्रिवेणीबाट जगदुल्ला जलविद्युत् आयोजनाको बाँधस्थलसम्म उक्त सडक पुर्याउने लक्ष्य छ । सडकखण्डको चुनौतीपूर्ण मानिएको ठाउँ पार गरेको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए ।
पाँच किलोमिटर चट्टान फोडेसँगै मुड्केचुला गाउँपालिका–१, २, ३ वडा सडक सञ्जालसँग जोडिएको अध्यक्ष शाहीले बताए । जगदुल्ला जलविद्युत् आयोजनामार्फत ठेक्का लगाई शेर्पा निर्माण सेवाले सडक निर्माण गरेको जलविद्युत् आयोजनाका प्राविधिक युवराज बोहराले जानकारी दिए । भेरी करिडोर सडक आयोजनासँग अब मुड्केचुला गाउँपालिका जोडिएको छ ।
जुम्लाको भालुलेक हुँदै मुड्केचुला गाउँपालिकामा सडक जोडिए पनि जाजरकोट हुँदै जाने भेरी करिडोरसँग बल्ल सिधा सडक जोडिएको गाउँपालिका अध्यक्ष शाहीको भनाइ छ । त्रिवेणीस्थित भेरी नदी माथीको पुल भने अझै निर्माण हुन सकेको छैन ।
क्याराभान निर्माण सेवाले उक्त पुलको ठेक्का लिएर काम नगरेको हो । पुल निर्माण नहुँदा झोलुङ्गे पुलमार्फत मोटरसाइकल तारेर मुडकेचुला जाने गरिएको कालिकाका स्थानीय सरोज थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राशिअनुसार हेर्नुहोस् आजको आफ्नो भाग्यफल
-
सडक लिजमा मागिरहन्थ्यो निजी क्षेत्र, गण्डकी सरकारले अघि सार्यो प्रदेश द्रुत लोकमार्गको योजना
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण