भाउजूको हत्या गरेको अभियोगमा ज्वाइँ पक्राउ

चितवन । भाउजू हत्या गरेको अभियोगमा ज्वाइँ (नन्दको श्रीमान्)लाई प्रहरीले पक्राउ गरेको छ । माडी नगरपालिका वडा नम्बर ७ की ७१ वर्षीया विष्णुमाया रानाभाटको हत्या गरेको अभियोगमा स्थानीय ६२ वर्षीय टिकाराम रानाभाटलाई प्रहरीले पक्राउ गरी आज साँझ सार्वजनिक गरेको हो ।
रानाभाटले भाउजूको हत्या गरी भिरबाट फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी भेषराज रिजालले जानकारी दिए । उनका अनुसार असोज १९ गतेदेखि घरबाट हराइरहेकी विष्णुमायाको शव असोज २१ गते घर नजिकै रहेको सामुदायिक वनको भिरमा भेटिएको थियो ।
घटना शङ्कास्पद भएपछि अनुसन्धानका क्रममा पक्राउ परेका टीकारामले प्रहरीसमक्ष हत्या गरेको स्वीकार गरेको उनले जानकारी दिए । टीकारामलाई प्रहरीले असोज २३ गते पक्राउ गरेको थियो ।
प्रहरीले घटनामा प्रयोग भएको खुर्पा एक थान, मृतकको सुनको गहना ठुलो रिङ दुई थान, सानो रिङ पाँच थान, हत्याको समयमा प्रयोग गरिएका कपडाहरू बरामद गरेको छ । रिजालका अनुसार टीकारामलाई चितवन जिल्ला अदालतबाट समय थप गरी अनुसन्धान सुरु गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
-
देउवाविरुद्ध गएपछि कान्छारामको राज्यमन्त्री पद चट !
-
'मेरो भ्वाइस युनिभर्स'को प्रसारण सुरु
-
काठमाडौँको माछापोखरीमा बालेनले तरकारी बेच्न नदिएपछि नुवाकोटमा प्रदर्शन
-
कालीमाटी–टेकु पुल भत्काउने कि सञ्चालन गर्ने ? संसद् र सरकारबिच विवाद
-
कालीगण्डकी करिडोर : राहुघाट–तातोपानी १४ किलोमिटर कालोपत्र