भारतविरुद्धको टेस्ट शृंखलाबाट बाहिरिए न्युजिल्यान्डका बेन सियर्स
काठमाडौँ । न्युजिल्यान्डका तीव्र गतिका बलर बेन सियर्स भारतविरुद्धको टेस्ट क्रिकेट शृंखलाबाट बाहिरिएका छन् । न्युजिल्यान्डले भारतसँग तीनवटा टेस्टको शृंखला खेल्ने कार्यक्रम रहेको छ । शृंखलाका लागि बेन सियर्सलाई पनि न्युजिल्यान्डको टोलीमा समावेश गरिएको थियो ।
२६ वर्षीय सियर्स घुँडाको चोटका कारण शृंखलाबाट बाहिरिएका हुन् । उनी केही समय अघिदेखि नै बायाँ घुँडाको समस्याबाट पिडीत थिए । केही समयअघि श्रीलंका भ्रमणका क्रममा पनि उनको घुँडामा समस्या देखिएको थियो ।
भारत भ्रमणका क्रममा उनको घुँडामा पुनः समस्या देखिएको हो । परीक्षणका क्रममा घुँडामा गम्भीर समस्या देखिएपछि उनी टोलीबाट बाहिरिएका हुन् । भारत भ्रमणका क्रममा बेन सियर्सको ठाउँ अब ज्याकोब डफीले लिनेछन् ।
डफी बुधबार न्युजिल्यान्डबाट भारत प्रस्थान गर्ने बताइएको छ । डफीले हालसम्म न्युजिल्यान्डका लागि एक टेस्ट पनि खेलेका छैनन् । तर, ३० वर्षीय दायाँहाते मध्यमतेज गतिका बलर डफीले देशका लागि एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता भने खेलिसकेका छन् ।
न्युजिल्यान्ड र भारतबिचको पहिलो टेस्ट बुधबार बेंगलुरुमा सुरु हुनेछ । दोस्रो टेस्ट भने अक्टोबर २४ तारिखमा पुणेमा सुरु हुनेछ । शृंखला अन्तर्गतको तेस्रो तथा अन्तिम टेस्ट नोभेम्बर १ तारिखमा वानखेड स्टेडियममा सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण