आलियाको तारिफमा सामन्था
नयाँ दिल्ली । बलिउड अभिनेत्री आलिया भट्ट पछिल्लो समय आफ्नो फिल्म जिगरालाई लिएर चर्चामा छिन् । जिग्रा फिल्ममा आलियाको अभिनयलाई उनका फ्यानले निकै मन पराएका छन् । दक्षिण भारतीय अभिनेत्री सामन्था रुथ प्रभुले पनि आलियाको अभिनय निकै रुचाएकी छिन् ।
आलियाले आफ्नो इन्ष्टाग्राम ह्यान्डलमा प्रतिक्रिया दिँदै लेखेकी छिन्, ‘धेरै धेरै धन्यवाद स्याम ।" सामन्था रुथ प्रभुले आफ्नो इन्स्टाग्राम स्टोरीमा जिग्राको पोस्टर पोस्ट गरेकी थिइन् । पोस्टरसँगै उनले आलिया भट्टको अभिनयको प्रशंसा गर्दै उनलाई ‘बघीनी’ भनेकी थिइन् । पोस्टमा उनले निर्देशक बासन बाला र अभिनेता वेदाङ्ग रैनाको पनि प्रशंसा गरेकी थिइन् । उनले लेखेकी छिन्, " तिमी बघिनी हौ! यति भावुक र जीवनले भरिएको प्रदर्शन गर्यौ कि मैले तिमीबाट आँखा हटाउन सकिन! तिमीले यस्तो साहसी काम गरेका छौ। तिमीले आफ्नो लागि सेट गरेको मापदण्डले साँच्चै धेरैलाई प्रेरणा दिनेछ ।"
सामन्था रुथ प्रभुले जिग्रामा दिएको प्रतिक्रियामा आलिया भट्टले प्रतिक्रिया दिँदै धन्यवाद भनेकी छन् ।
आलियाको बहुप्रतिक्षित फिल्म जिगराले चौथो दिन पनि बक्स अफिसमा निराशाजनक गिरावटको सामना गरिरहेको छ । मिडिया रिपोर्टका अनुसार ओपनिङ वीकेण्डपछि पहिलो सोमबार फिल्मको कलेक्सन ६० प्रतिशतले घटेको छ । स्याकनिल्कको अनुसार फिल्मले उक्त दिन केवल डेढ करोड भारु कमाउन सफल भयो। अक्टोबर ११ मा रिलिज भएदेखि यसको कुल कलेक्सन १८.१० करोड पुगेको छ जसमा पहिलो दिन ४.५५ करोड, शनिबार ६.५५ करोड र आइतबार ५.५ करोड रुपैयाँ समावेश छ।
कामको कुरा गर्ने हो भने, आलिया भट्ट छिट्टै फिल्म अल्फामा देखिनेछिन् । यसमा उनी शर्वरीसँग स्क्रिन सेयर गर्नेछिन्। सामन्था एक्सन वेब सिरिज सिटाडेल: हनी बन्नीमा आउदै छिन्, जसमा उनी वरुण धवनसँग देखिनेछिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण