फरक प्रस्तुतिमा बुद्धि तामाङ
काठमाडौं - चलचित्र मट्टिमालाको ट्रेलर सार्वजनिक भएको छ । पारिवारिक, रोमान्स, कमेडी र एक्सनले भरिएको चलचित्र “मट्टिमाला” को ट्रेलर सार्वजनिक भएको हो ।
बुद्धि तामाङ्गको मर्मस्पर्शी संवाद, नायिका प्रियंका कार्कीको आईटम डान्स, चिरन राईको थाईल्याण्डका हिरो टोनी जालाई नै मात खुवाउने मार्शल आर्ट लगायतका दृश्य ट्रेलरमा समावेश गरिएको छ ।
टेक पौरखीले निर्देशन गरेको चलचित्रमा टेकराज लांघालीले सह निर्देशन गरेका छन् । पृथ्वी राई राईले निर्माण गरेको चलचित्रलाई राहुल राईले छायांकन गरेका हुन् ।
चलचित्रमा राजेन्द्र चौधरीको द्वन्द, कविराज गहतराज, राजेश पुमा राई र दिपेन्द्र शाही ठकुरीको कोरियोग्राफी रहेको छ भने चलचित्रलाई अनिल कुमार महर्जनले सम्पादन गरेका छन् ।
ट्रेलरमा मंगलीको नामले परिचित नायिका रजनी गुरुङ्गको पारिवारिक चरित्र, संज्ञा श्रेष्ठको एक्सन र चुलबुले प्यार अनि खलनायक पृथ्वी राईको अभिनय हेर्न सकिन्छ ।
संगीतकार सुमन राईले यो चलचित्रमा संगीतको माध्यमबाट स्रोताहरुलाई नयाँ स्वाद दिएका छन् ।
चर्चित गीतकार जानु काम्वाङ्ग लिम्बुको शब्द रचनामा रहेको गीत बेची दिन्थे यो जवानी किन्ने कोहि भई दिए.. जस्ता आईटम गीतमा खिरिलो स्वरकी धनी रक गायिका बबिना किरातीको स्वर रहेको छ । गीतको भिडियोमा नायिका प्रियंका कार्कीको नृत्य रहेको छ ।
ट्रेलर हेर्नुहोस्ः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बस र टिप्पर आपसमा ठोक्किँदा ७ जना घाइते
-
‘ईभीमा कर नीति स्थिर बनाउँदै वातावरण र जलवायुमैत्री बजेट ल्याउन आवश्यक छ’
-
यूएईसामु निरीह बन्यो बलियो बङ्गलादेश
-
जनताको सुझाव र आलोचनालाई गम्भीर रूपमा ग्रहण गरेका छौँ : प्रचण्ड
-
राज्यपक्ष इमानदार नदेखिएको भन्दै यसअघिको भन्दा सशक्त आन्दोलन गर्ने शिक्षक महासङ्घको चेतावनी
-
२०८४ अघि फेरि सम्भव होला एमाले र माओवादीबिच पार्टी एकता ?