यूएईसामु निरीह बन्यो बलियो बङ्गलादेश
सारांश
- यूएईले दोस्रो टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा बंगलादेशलाई २ विकेटले पराजित गर्यो र शृंखला १-१ को बराबरीमा पुर्यायो।
- ब्याटिङ गर्दै बंगलादेशले ५ विकेट गुमाएर २०५ रन बनायो, जसमा तान्जिद हसनको ५९ रन र लिटन दासको ४० रन समावेश थियो।
- यूएईका कप्तान मोहम्मद वसिमले ८२ रन बनाए र प्लेयर अफ द म्याच घोषित भए, जसले यूएईलाई जित दिलाए।
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) ले सोमबार राति खेलिएको दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बङ्गलादेशलाई दुई विकेटले हराएको छ । जितसँगै तीन खेलको शृङ्खला पनि १–१ को बराबरीमा पुगेको छ ।
यसअघि खेलिएको पहिलो खेलमा बङ्गलादेश २७ रनले विजयी भएको थियो । पछिल्लो खेलमा टस पहिले ब्याटिङको निम्तो पाएको भ्रमणकारी टोली बङ्गलादेशले निर्धारित ओभरमा पाँच विकेट गुमाएर दुई सय पाँच रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको यूएईले भने १९.५ ओभरमा आठ विकेट गुमाएर विजयलक्ष्य पूरा गर्यो । यूएईको जितमा कप्तान मुहम्मद वसिमले ८२ रनको योगदान गरे । ओपनर ब्याट्सम्यान महुम्मद वसिमले केवल ४२ बलमा पाँच छक्का र नौ चौका पनि प्रहार गरे ।
अर्का ओपनर मुहम्मद जोहेबले पनि टोलीका लागि ३८ रनको योगदान गरे । उनले ३४ बलमा दुई छक्का र तीन चौका हिर्काए । बंगलादेशी टोलीका बलर सोरिफुल इस्लाम, नाहिद राणा र रिसाद होसैनले दुई–दुई विकेट लिए ।
त्यसअघि, बंगलादेशका लागि ओपनर तान्जिद हसनले अर्धशतकीय पाली खेलेका थिए । उनले ५९ रन बनाए । यस क्रममा उनले ३३ बलको सामना गरी तीन छक्का र आठ चौका हिर्काए । कप्तानसमेत रहेका अर्का ओपनर लिटन दासले पनि टोलीको खातामा ४० रन थपे ।
दासले ३२ बलमा एक छक्का र तीन चौका प्रहार गरे । चौथो नम्बरमा क्रिज समाल्न आएका तोहिद हृदोयले ४५ रन बनाए । उनले केवल २४ बलमा दुई छक्का र तीन चौका प्रहार गरेका थिए । नजमुल होसैन सान्तोले पनि १९ बलमा एक छक्का र दुई चौकाको मद्दतले २७ रन बटुलेका थिए ।
घरेलु टोली यूएईका बलर मुहम्मद जवादुल्लाहले तीन विकेट लिए । उनले चार ओभरमा ४५ रन खर्चिएका थिए । साघिर खानले पनि दुई विकेट हात पारे । मुहम्मद वसिम प्लेयर अफ दि म्याच घोषित भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण