यूएईसामु निरीह बन्यो बलियो बङ्गलादेश

समाचार सारांश
- यूएईले दोस्रो टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा बंगलादेशलाई २ विकेटले पराजित गर्यो र शृंखला १-१ को बराबरीमा पुर्यायो।
- ब्याटिङ गर्दै बंगलादेशले ५ विकेट गुमाएर २०५ रन बनायो, जसमा तान्जिद हसनको ५९ रन र लिटन दासको ४० रन समावेश थियो।
- यूएईका कप्तान मोहम्मद वसिमले ८२ रन बनाए र प्लेयर अफ द म्याच घोषित भए, जसले यूएईलाई जित दिलाए।
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) ले सोमबार राति खेलिएको दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बङ्गलादेशलाई दुई विकेटले हराएको छ । जितसँगै तीन खेलको शृङ्खला पनि १–१ को बराबरीमा पुगेको छ ।
यसअघि खेलिएको पहिलो खेलमा बङ्गलादेश २७ रनले विजयी भएको थियो । पछिल्लो खेलमा टस पहिले ब्याटिङको निम्तो पाएको भ्रमणकारी टोली बङ्गलादेशले निर्धारित ओभरमा पाँच विकेट गुमाएर दुई सय पाँच रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको यूएईले भने १९.५ ओभरमा आठ विकेट गुमाएर विजयलक्ष्य पूरा गर्यो । यूएईको जितमा कप्तान मुहम्मद वसिमले ८२ रनको योगदान गरे । ओपनर ब्याट्सम्यान महुम्मद वसिमले केवल ४२ बलमा पाँच छक्का र नौ चौका पनि प्रहार गरे ।
अर्का ओपनर मुहम्मद जोहेबले पनि टोलीका लागि ३८ रनको योगदान गरे । उनले ३४ बलमा दुई छक्का र तीन चौका हिर्काए । बंगलादेशी टोलीका बलर सोरिफुल इस्लाम, नाहिद राणा र रिसाद होसैनले दुई–दुई विकेट लिए ।
त्यसअघि, बंगलादेशका लागि ओपनर तान्जिद हसनले अर्धशतकीय पाली खेलेका थिए । उनले ५९ रन बनाए । यस क्रममा उनले ३३ बलको सामना गरी तीन छक्का र आठ चौका हिर्काए । कप्तानसमेत रहेका अर्का ओपनर लिटन दासले पनि टोलीको खातामा ४० रन थपे ।
दासले ३२ बलमा एक छक्का र तीन चौका प्रहार गरे । चौथो नम्बरमा क्रिज समाल्न आएका तोहिद हृदोयले ४५ रन बनाए । उनले केवल २४ बलमा दुई छक्का र तीन चौका प्रहार गरेका थिए । नजमुल होसैन सान्तोले पनि १९ बलमा एक छक्का र दुई चौकाको मद्दतले २७ रन बटुलेका थिए ।
घरेलु टोली यूएईका बलर मुहम्मद जवादुल्लाहले तीन विकेट लिए । उनले चार ओभरमा ४५ रन खर्चिएका थिए । साघिर खानले पनि दुई विकेट हात पारे । मुहम्मद वसिम प्लेयर अफ दि म्याच घोषित भए ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गभर्नर टुङ्गिएसँगै सेलायो सरकार ढल्ने चर्चा
-
सर्वसाधारणका लागि खुल्यो नौ तले दरबार, तस्बिरहरू
-
विश्व पौडेल : चुनावमा पराजित, गभर्नरमा ‘विजयी’
-
राष्ट्र बैङ्ककाे १८ औँ गभर्नरमा डा. विश्व पौडेल नियुक्त
-
गभर्नरका लागि विश्व पौडेलसहित तीन जनाको नाम सिफारिस, अरू को-को ?
-
पानी पिउन धारामा जाँदा करेन्ट लागेर पुजारीको मृत्यु