१५ हजारमा युवती बेच्ने पुरुष २४ वर्षपछि पक्राउ
सुर्खेत। सुर्खेत प्रहरीले १५ हजारमा युवती बेच्ने एक जनालाई २४ वर्षपछि पक्राउ गर्न सफल भएको छ। पक्राउ पर्नेमा पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–७, का ६१ वर्षीय भक्तबहादुर विष्ट रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माका अनुसार विष्टले साविक गुटु गाविस–८, की २१ वर्षीय नामसरा देवी कँडेललाई ०५७ साल असोजमा भारतमा लगेर बेचेका थिए ।
विवाहको प्रलोभन देखाएर विष्टले नामसरा देवीलाई भारतको गोरखपुर लगेका थिए ।
त्यहाँ एक अपरिचित भारतिय नागरिकलाई उनले १५ हजारका बिक्री गरेको प्रहरी नायव उपरीक्षक विश्वकर्माले बताए। नामसरा देवीलाई बिक्री गरेको विषयमा ०५८, मंसिर १३ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा मुद्दा दायर गरिएको थियो ।
तर विष्ट लामो समयदेखि फरार थिए । मंगरबार गुटुकै एरियाबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
-
सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण