तिलगङ्गाका चिकित्सकद्वारा बङ्गलादेशमा घाइते भएकाको आँखाको उपचार
काठमाडौँ । बङ्गलादेशमा केही महिनाअघि भएको आन्दोलनका क्रममा आँखासम्बन्धी समस्या भएका बिरामीको तिलगङ्गा आँखा प्रतिष्ठानका चिकित्सकले उपचार गरेका छन् । आँखाको नानी च्यातिएका, गहिरो चोट लागेका, आँखाको पर्दा च्यातिएका बिरामीको तिलगङ्गा आँखा प्रतिष्ठानका चिकित्सकले उपचार गरेका हुन् ।
ती बिरामीको उपचारार्थ बङ्गलादेश सरकारको पहल र नेशनल इन्स्टिच्युट अफ अप्थाल्मोलोजी, बङ्गलादेशको निमन्त्रणामा सेवा फाउण्डेशन, बङ्गबन्धु शेख मुजीब मेडिकल र इशापानी इश्लामिया आँखा अस्पताल बङ्गलादेशसँगको सहकार्यमा प्रतिष्ठानको प्रतिनिधित्व गर्दै आँखाको पर्दा रोग विशेषज्ञ डा रबा थापा नेतृत्वको टोलीले उपचार गरेको हो ।
टोलीमा नेपालबाट डा थापासँगै लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थानका डा. सुशीला पटेल र डा सविता ढकाल सहभागी थिए । आँखामा गम्भीर चोट लागेका, दुर्घटनाबाट भएका मोतिबिन्दु र अन्य चोट, विशेषतः गोलीले क्षति पुगेका आँखामा जतिसक्दो चाँडो उपचार आवश्यक परेकाले ‘केराटोप्लास्टी’ र ‘ग्लोब–सेभिङ’ प्रविधिमा विशेषज्ञता भएका ‘भिट्रेओ रेटिना सर्जन’ र ‘कोर्निया’ विशेषज्ञहरूको मागअनुसार उनीहरु उपचारमा सहभागी हुनुभएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानले यस किसिमका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सामाजिक उत्तरदायित्व पूरा गर्ने उपचार सेवाले द्विपक्षीय सम्बन्ध थप प्रगाढ हुने विश्वास गरेको छ । बङ्गलादेशमा भएको आन्दोलन र त्यसपछिको नयाँ सरकारले हाल आन्दोलनका घाइतेहरुको उपचारलाई प्राथमिकतामा राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण