पोखराको होटलमा जुवाको खाल, ६ जना पक्राउ
बिहीबार, ०१ कात्तिक २०८१, ०९ : ४६
पोखरा । पोखराको एक होटलमा जुवातास खेलिरहेका ६ जना पक्राउ परेका छन् । ड्यामसाइडको होटल स्याण्डी ब्लुममा तास खेलेको सूचनापछि प्रहरीले छापा हानेको थियो ।
पक्राउ पर्नेमा गल्याङ घर भई पोखरा बस्दै आएका ३८ वर्षीय नवीन थापा, पुतलीबजार घर भएका ४० वर्षीय भेषबहादुर गुरुङ, पोखरा १२ का ४३ वर्षीय शंकर थापा छन् ।
यस्तै, पोखरा १७ का ५३ वर्षीया साबित्री गुरुङ पुन, कास्कीको माछापुच्छ्रे घर भएकी ३९ वर्षीया ९ दुर्गा गुरुङ र पोखरा १७ बस्ने वर्ष ४९ की आईती गुरुङ पनि पक्राउ परेका छन् ।
उनीहरुको साथबाट १ लाख ८८ हजार ४२६ रूपैयाँ बरामद भएको छ । सबैलाई जिल्ला प्रशासन कार्यालयबाट ७ दिन म्याद थपेर अनुसन्धान थालिएको कास्की प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
-
सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण