महिला उम्मेदवार रहनेगरी मनोनयन पत्र पेस गर्न निर्वाचन आयोगको निर्देशन
काठमाडौँ । निर्वाचन आयोगले आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेस गर्न राजनीतिक दलहरूलाई निर्देशन दिएको छ । आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै आयोगको यही असोज ३० गते बसेको बैठकले यस्ता निर्देशन दिने निर्णय गरेको हो ।
‘स्थानीय तहमा रिक्त रहेको गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष, नगरपालिकाको प्रमुख वा उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुख पदमा उम्मेदवारी दिने राजनीतिक दलले महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेस गर्न उपनिर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका राजनीतिक दललाई स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६७ बमोजिम निर्देशन दिएको छ’, आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
आयोगले यसअघि नै उपनिर्वाचनका लागि मङ्सिर २ गते उम्मेदवारी दर्ता गराउने कार्यतालिका सार्वजनिक गरिसकेको छ । आयोगका अनुसार स्थानीय तहमा ४० पद रिक्त छन् । १ नगरपालिका प्रमुख, १ नगरपालिका उपप्रमुख, २ गाउँपालिका अध्यक्ष, ४ गाउँपालिका उपाध्यक्ष, २ जिल्ला समन्वय समिति प्रमुख पद रिक्त छन् । यसैगरी २१ नगरपालिका वडाध्यक्ष र ९ गाउँपालिका वडाध्यक्षको पद पनि रिक्त छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण