राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम महर्जन
बिहीबार, ०१ कात्तिक २०८१, १५ : ३३
काठमाडौँ । नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम महर्जन नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले महर्जनलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।
एन्फाका महासचिव किरण राईले बिहीबार सातदोबाटोस्थित एन्फा मुख्यालमा महर्जनलाई नियुक्तिपत्र हस्तान्तरण गरे । महासचिव राईले महर्जनलाई सफलताको शुभकामना पनि दिए ।
यसैगरी, राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा सुमितकुमार आलेलाई नियुक्त गरिएको छ । ब्यवस्थापकको जिम्मेबारी भने राज महर्जनलाई दिइएको छ ।
नवनियुक्त सहायक प्रशिक्षक सुमित र ब्यवस्थापक राजलाई पनि महासचिव राईले बिहीबार नै नियुक्तिपत्र हस्तान्तरण गरेको एन्फाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६० वर्ष उमेर पूरा भइसकेका विद्यालय कर्मचारीहरूलाई नहटाउन आग्रह
-
नेदरल्यान्ड्सविरुद्ध मोरक्को : मैदानको भिडन्तभन्दा पर आप्रवासन र पहिचानको कथा
-
मकवानपुरका सीडीओले भनेः चिकित्सकको पर्चाबिना औषधि नबेच्नू
-
कलाकारहरूले मनाए धान दिवस
-
संविधान ब्रेल लिपीमा प्रकाशन गरी निःशुल्क वितरण गर्न सरकारका नाममा परमादेश
-
विपद् प्राधिकरणको ‘रेड अलर्ट’, सडक विभागको ‘हाइ अलर्ट’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण