दैलेखको सात्तला जात्रा हेर्न जाने यात्रु बोकेको फोर्स गाडी दुर्घटना
बिहीबार, ०१ कात्तिक २०८१, १९ : ५८
सुर्खेत । पश्चिम दैलेखको सात्तला भन्ने ठाउँमा लाग्ने भैलो जात्रामा सहभागी हुन जान लागेको एक फोर्स गाडी दुर्घटनामा परेको छ । आठबिस नगरपालिका–१, को चिने जीउला भन्ने ठाउँमा बिहीबार पौने ६ बजेतिर दुर्घटनामा परेको हो ।
अस्थाई प्रहरी पोष्ट सिगौडीका प्रहरी निरीक्षक सम्मरबहादुर रानाका अनुसार बिहीबार बेलुका कोजाग्रत पुर्णिमाको दिन सात्तलाम ठुलो भैलो जात्रा लाग्ने गर्दछ । कर्णाली प्रदेश ०२–००१ ख १००१ नम्बरको फोर्स गाडी दैलेखकै जम्बुकाँधदेखि उक्त जात्रा हेर्न जाने यात्रुहरु बोकेर गएको थियो ।
११ जना सवार रहेको गाडीमा दुई जना गम्भीर घाइते भएको कुरा आएको रानाले रातोपाटीलाई बताए । घटनाबारे थप विवरण भने आउन बाँकी रहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राशिअनुसार हेर्नुहोस् आजको आफ्नो भाग्यफल
-
सडक लिजमा मागिरहन्थ्यो निजी क्षेत्र, गण्डकी सरकारले अघि सार्यो प्रदेश द्रुत लोकमार्गको योजना
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण