यस्तो छ ‘फिरफिरे फिरिरी’को आइटम गीत ‘टिमिक्कै चोली’
काठमाडौँ । हरर कमेडी चलचित्र ‘फिरफिरे फिरिरी’ को आइटम गीत ‘टिमिक्कै चोली’ सार्वजनिक गरिएको छ । गायिका अनु चौधरीको स्वरमा रहेको गीतमा प्रशान्त सिवाकोटीको शब्द तथा सङ्गीत छ ।
कार्तिक २२ गते छठ पर्वको दिनबाट प्रदर्शनमा आउने चलचित्रको गीतमा आइटम गीतमा मोडल अलिशा शर्माले नृत्य गरेकी छन् । अलिशाको नृत्य निकै आकर्षक रहेको छ ।
नवीन भट्टको निर्देशनमा डेब्यु रहेको चलचित्र बिन्दबासिनी क्रियसनको ब्यानरमा निर्माण गरिएको हो ।
मनोज कुमार अधिकारीको निर्माण रहेको चलचित्रको नितिश पुन सह–निर्माता हुन् । सन्दीप श्रेष्ठ र नवीन भट्टको लेखन रहेको चलचित्र मार्फत सन्दीप श्रेष्ठ र भावना उप्रेती नेपाली रजतपटमा डेब्यु गर्दैछन् ।
चलचित्रमा मनोज कुमार अधिकारी, सन्दीप श्रेष्ठ, भावना उप्रेती, रविना केसी, पुष्प अवस्थी, सूर्यमान लिम्बु लगायत कलाकारको अभिनय छ ।
जितु तामाङको छायांकन, केशव राज भट्टको कोरियोग्राफी, प्रशान्त सिवाकोटीको सङ्गीत रहेको चलचित्र आर.आर फिल्मस्ले वितरण गर्दै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नाटक ‘सेतो धरती’ हेरेपछि पूर्वराष्ट्रपति भण्डारीले के भनिन् ?
-
अर्जेन्टिना सेमिफाइनलमा पुगेपछि अनमोल केसीले यसरी साटे खुसीयाली
-
ओमानमा पनि ड्रोन आक्रमण
-
हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, साउन १ गते नै सेवा आरम्भ हुनेमा आशङ्का
-
सडकको भवितव्य, समाजको न्याय र सहानुभूतिको आहुति
-
राजधानीको प्यास मेटाउने सुन्दरीजलमा नै खानेपानी अभाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण