बालिकालाई वेश्यावृत्तिमा लगाएर ६ हजारसम्म असुल्ने प्रतिवादी पक्राउ
काठमाडौँ । काठमाडौँको नयाँ बसपार्कस्थित गेस्ट हाउसमा राखेर बालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको तादी गाउँपालिका–६ घर भएका सुजन तामाङ छन् ।
२९ वर्षीय तामाङलाई टोखा नगरपालिका वडा नम्बर–९ बाट पक्राउ गरिएको मानव बेचबिखन अनुसन्धान ब्युरोका एसपी गौतम मिश्रले रातोपाटीलाई बताए ।
बालिकालाई उनले गेस्ट हाउसमा राखेर वेश्यावृत्ति गर्न बाध्य बनाएर एक रातको ६ हजार सम्म असुल्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । पीडित बालिकालाई उनले १ महिनासम्म गेस्ट हाउसबाट बाहिर निस्कन नदिएर जबरजस्ती यौन सम्पर्क गर्न बाध्य बनाएको सूचनाको आधारमा ब्युरोले त्यसबारे अनुसन्धान गरेको थियो ।
प्रहरीले अनुसन्धान थालेपछि फरार भएका उनलाई १ वर्षपछि पक्राउ गरिएको एसपी मिश्रले बताए । उनले भने, ‘अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेका छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
-
सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण