काठमाडौँका एक पुरुष मकवानपुरको होटेलमा मृत फेला
शनिबार, ०३ कात्तिक २०८१, १० : ४७
हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका स्थित एक होटेलमा पुरुष मृत फेला परेका छन् ।
मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार हेटौँडा उपमहानगरपालिका–२ स्थित पल्पसा प्याराडाइज होटेलको कोठामा काठमाडौँ महानगरपालिका–७ चाबहिल निवासी ४७ वर्षीय अजय मानन्धर मृत फेला परेका छन् ।
उनी गत असोज २७ गतेदेखि होटेलको तेस्रो तल्लाको ४०५ नम्बर कोठामा बसिरहेका थिए ।
कार्तिक २ गते दिउँसो करिब ४ बजे मानन्धरका साथीहरूले फोन गर्दा नउठेपछि होटेलमा गई हेर्दा उनी मृत अवस्थामा फेला परेका थिए । घटनाबारे जानकारी पाउनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो ।
प्रारम्भिक अनुसन्धानबाट मानन्धर मामाघर आएको र पहिले पनि हेटौडा आउँदा सोही होटेलमा बस्ने गरेको खुलेको छ । मृतकको शव हेटौँडा अस्पतालको शवगृहमा राखिएको छ । घटनाबारे प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण