रविलाई सक्न पाए रास्वपा सिध्याउन सक्ने कांग्रेस एमालेको दिवास्वप्न छ : उपसभापति अर्याल
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले पार्टी सभापति रवि लामिछानेलाई सिध्याउन सके रास्वपा सिध्याउन सकिन्छ भनेर कांग्रेस एमाले लागेको बताएका छन् । लामिछाने पक्राउको विरोधमा पोखरामा शनिवार भएको सडक प्रदर्शनमा उनले पुराना दलले रास्वपा सिध्याउने दिवास्वप्न मात्र देखेको उल्लेख गरे ।
उनले रास्वपा रवि लामिछानेको लागि नभई नयाँ पुस्ताका लागि केही गर्न आएको पार्टी भएकोले अभियान सक्काउन नदिन सबैलाई आग्रह गरे । आफ्नो स्वार्थ पूरा गर्न राजनीतिक प्रतिशोधका आधारमा लामिछानेलाई पक्राउ गरेको र संसदीय छानबिन समितिले समेत सहकारीको रकम ऋण लिएको नभेटेको बताए । दुई तिहाइको दम्भका आधारमा पक्राउ गरेको बताउँदै सरकार मरे पनि न्यायालय नमरेकोले न्याय पाउने विश्वास व्यक्त गरे ।
कसैको राजनीति बचाउनका लागि रवि लामिछानेलाई आहुति दिन खोज्नु पुराना दलहरूलाई महँगो पर्ने बताए । उनले सहकारी पीडितहरूको बचत फिर्ता गराउने कुरामा सरकारलाई मतलब नभएकोले अब बचत फिर्ता गराउने कुराको नेतृत्व रास्वपाले गर्ने उल्लेख गरे । उनले संसदीय समितिको प्रतिवेदन आएको ३ महिनासम्म पनि सरकारले कुन बैठकले सहकारी बचतकर्ताको रकम फिर्ता गर्ने निर्णय गरेको छ भन्दै प्रश्न गरेका छन् ।
शुक्रवार लामिछानेलाई काठमाडौँमा पक्राउ गरी पोखरा लगेपछि रास्वपाका नेताहरू पोखरा केन्द्रित भई विरोधका कार्यक्रमहरू गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण