डिसेम्बरमा सर्यो गोल्डेन नेपाली फिल्म अवार्ड
काठमाडौँ । प्रथम गोल्डेन नेपाली फिल्म अवार्ड– ०२४ डिसेम्बर २१ मा आयोजना गरिने भएको छ । पहिला नोभेम्बर १६ मा आयोजना गर्ने घोषणा गरिएको अवार्ड अमेरिकामा नोभेम्बर ५ मा हुन लागेको राष्ट्रपति निर्वाचनका कारण एक महिना पछि सारिएको हो ।
अमेरिकामा आसन्न राष्ट्रपति निर्वाचनलाई ख्याल राखी सोही सेरोफेरोमा आयोजना हुने तयारीमा रहेको प्रथम गोल्डेन नेपाली फिल्म अवार्डको मिति सारिएको अवार्डका नेपाल संयोजक सुनिल कटुवालले एक विज्ञप्ति जारी गर्दै जानकारी दिए । राष्ट्रपति निर्वाचनका कारण पाहुनाहरूको सुरक्षा र आवागमनमा हुने कडा तथा असहजताको ख्याल गरी अवार्ड कार्यक्रम पूर्वनिर्धारित भन्दा करिब एक महिनापछि सारिएको विज्ञप्तिमा उल्लेख छ ।
अवार्ड मूल समारोह २१ डिसेम्बर २०२४ को साँझ ६ बजे क्यालिफोर्नीयास्थित रिचमन्ड मेमोरियल अडिटोरियम, ४०३ सिभिक सेन्टर प्लाजामा आयोजना हुनेछ भने २२ डिसेम्बर बिहान ११ बजे बार्केलेमा नेपाली कला संस्कृति, भेषभुषा झल्कने झाँकीसहित–प्रभातफेरी नेपाल डे परेड आयोजना गरिनेछ ।
०८० साउनदेखि ०८१ असार मसान्तभित्र नेपालका सिनेमा घरमा प्रदर्शन भएका नेपाली चलचित्रहरू समावेश गरिएको अवार्डमा झन्डै डेढ दर्जन विधामा प्रतिस्पर्धी अवार्ड प्रदान गर्नुका साथै एक विशिष्ट चलचित्रकर्मीलाई लाइफ टाइम एचिभ्मेन्ट अवार्ड दिइँदैछ अवार्डमा सहभागी हुनका लागि नेपालबाट तीन दर्जन बढी सेलिब्रेटी अमेरिका पुग्ने छन् भने अमेरिकामै रहेका चलचित्रकर्मीहरूको समेत बाक्लो उपस्थिति रहने आयोजकले जनाएको छ ।
अवार्डको जुरीमा नेपालबाट वरिष्ठ अभिनेता शिव श्रेष्ठ, वरिष्ठ अभिनेता सुनिल थापा, चर्चित अभिनेत्री तथा निर्देशक दीपश्री निरौला, वरिष्ठ छायाँकार गौरीशङ्कर धूजु श्रेष्ठ, अभिनेता सुनिल कटुवाल र वरिष्ठ चलचित्र पत्रकार तथा निर्देशक लक्ष्मण सुवेदी छन् ।
अवार्ड समारोह चर्चित होस्ट नरेश भट्टराईले सञ्चालन गर्ने छन् । अवार्ड निकै भव्य र ऐतिहासिक रुपमा आयोजना गर्ने तयारी अमेरिकास्थित मूल आयोजक हिमालय फाउन्डेसन कर्प, गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्निया, लाइटे ल अफिस, सोम्नामे ग्रुप एलएलसी (यति रेष्टुरेन्ट), राजपूत ग्रुप एलएलसी, पाण्डे रियाल्टी तथा टाइटल स्पोन्सर हिमालयन हवले गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नाटक ‘सेतो धरती’ हेरेपछि पूर्वराष्ट्रपति भण्डारीले के भनिन् ?
-
अर्जेन्टिना सेमिफाइनलमा पुगेपछि अनमोल केसीले यसरी साटे खुसीयाली
-
ओमानमा पनि ड्रोन आक्रमण
-
हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, साउन १ गते नै सेवा आरम्भ हुनेमा आशङ्का
-
सडकको भवितव्य, समाजको न्याय र सहानुभूतिको आहुति
-
राजधानीको प्यास मेटाउने सुन्दरीजलमा नै खानेपानी अभाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण