सबीले भारतमा जितिन् ‘ड्याज्लिङ डिभा’ अवार्ड
सोमबार, ०५ कात्तिक २०८१, १० : १९
काठमाडौँ । भारतको जयपुरमा आयोजित ‘मिस टिन अफ द युनिभर्स’मा नेपाली सुन्दरी सबी थापाले विधागत तर्फको ‘ड्याज्लिङ डिभा’ अवार्ड जितेकी छन् । २१ देशका १४ देखि २० वर्षसम्मका सुन्दरी सहभागी उक्त प्रतियोगितामा सबीले उक्त विधागत उपाधि हात पारेकी हुन् ।
सबीलाई नेपालबाट परिवर्तन इभेन्ट हाउसले प्रतियोगितामा पठाएको थियो । रौतहटकी निवासी १८ वर्षकी सबीले प्रतियोगितामा जानु अघि उनलाई १० दिनसम्म ‘ट्यालेन्ट स्टार नेपाल २०१९’ कि विजेता पिङकी तामाङले तालिम दिएकी थिइन् भने उनको पहिरनको डिजाइन गोकर्ण गुरुङले गरेका थिए ।
सबीले प्रतियोगितामा राष्ट्रिय पोसाक विधामा तामाङ पोसाक लगाएकी थिइन् । सबीले शीर्ष उपाधि नजिते पनि विधागततर्फको उपाधि जित्न पाउँदा खुसी व्यक्त गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नाटक ‘सेतो धरती’ हेरेपछि पूर्वराष्ट्रपति भण्डारीले के भनिन् ?
-
अर्जेन्टिना सेमिफाइनलमा पुगेपछि अनमोल केसीले यसरी साटे खुसीयाली
-
ओमानमा पनि ड्रोन आक्रमण
-
हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, साउन १ गते नै सेवा आरम्भ हुनेमा आशङ्का
-
सडकको भवितव्य, समाजको न्याय र सहानुभूतिको आहुति
-
राजधानीको प्यास मेटाउने सुन्दरीजलमा नै खानेपानी अभाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण