इरानमाथि इजरायली हमलाको योजनासम्बन्धी दस्तावेज चुहावटको अमेरिकामा छानबिन
वासिङ्टन डीसी । इरानमाथि इजरायली हमलाको योजनासँग सम्बन्धित दस्तावेजहरू चुहावट भएको घटनामा अमेरिकाले अनुसन्धान गरिरहेको छ । अमेरिकी प्रतिनिधि सभाका सभामुख माइक जोन्सनले यसको पुष्टि गरेका हुन् । चुहिएका दुई दस्तावेजमा इरानमा आक्रमण गर्ने इजरायली योजनाहरूको अमेरिकी मूल्याङ्कन समावेश थियो ।
चुहिएका दस्तावेजहरू हप्ता अनलाइन पनि प्रकाशित भएको बताइएको छ । यी दस्तावेजमा इजरायली सेनाले अक्टोबर १ मा इरानको मिसाइल आक्रमणको जवाफ दिन तयारी गरिरहेको फोटोहरू समावेश छन् । बीबीसीको अमेरिकी सहयोगी संस्था सीबीएसका अनुसार यी दस्तावेज अमेरिका, बेलायत, क्यानडा, न्यूजिल्याण्ड र अस्ट्रेलियाको फाइभ आइज इन्टेलिजेन्स गठबन्धनसँग मात्र साझेदारी गर्न सकिन्थ्यो ।
इरानले अक्टोबरको सुरुमा इजरायलमा आक्रमण गरेको थियो । आफ्नो आक्रमणमा इरानले इजरायलमा सयौँ मिसाइल प्रहार गरेको थियो । सन् २०२४ मा इरानले इजरायलमा गरेको यो दोस्रो आक्रमण हो । यसअघि अप्रिल महिनामा पनि इरानले इजरायलमा आक्रमण गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण